logo

सिमरा गोल्डकप - त्रिभूवन आर्मी सेमी फाईनलमा 

      2/11/2018 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

सिमरा २८ माघ ।
सशस्त्र प्रहरी वलको एपिएफ क्लबलाई ४–० को फराकिलो अन्तरले हराउदै त्रिभूवन आर्मी क्लब बाराको सिमरा रङ्गशालामा जारी नवौं सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । 

 


त्रिभूवन आर्मीको सेमीफाईनल यात्रामा म्यान अफ दि म्याच जर्जप्रिन्स कार्कीले २, नवयूग श्रेष्ठ र दिनेश हेम्जनले समान १ गोल गरे । 

 


सशस्त्र प्रहरी विरुद्ध आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३६ औं मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एपिएफ विरुद्ध आर्मीले दोश्रो हाफमा ३ गोल ग¥यो । 


दोश्रो हाफको शुरुवातमै नवयूग श्रेष्ठले आर्मीको अग्रता दोव्वर पारे । खेलको ४७ औं मिनटमा नवयूगको गोलपछि सशस्त्र थप दवावमा प¥यो । खेलको ७१ औं मिनटमा अण्डर १९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेश्रो गोल गरे । 

 


खेलको उतरार्धमा ३–० को फराकिलो अन्तर झेलेको एपिएफ खेलको ७५ औं मिनटमा ९ खेलाडीमा सिमित भयो भने आर्मी १० खेलाडीमा सिमित भयो । 

 


एपिएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई लडाएपछि केहिवेर दुबै टिम विच तनाव सिर्जना भयो ।

 

 फाउल पछि पहेंलो कार्ड खाएका रञ्जन आर्मीका खेलाडी संग झगडा गर्न गएपछि उनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए । रञ्जन संगै उनका भाई एवं एपिएफका स्ट्राईकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरए भने आर्मीका चर्चित स्ट्राईकर नवयूग श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के । 


९ खेलाडीमा सिमित एपिएफ विरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल ग¥यो । खेलको ८२ औं मिनटमा आर्मीका जर्ज प्रिन्स कार्कीले ब्यक्तिगत दोश्रो गोल गर्दै आर्मीलाई ४–० को शानदार जित दिलाए । 
प्रतियोगितामा सोमबार रुस्लान थ्रिस्टार क्लब र सुदुर पस्चिम ११ स्पोर्टस क्लब धनगढी विच खेल हुने छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.