logo

सिमरा गोल्डकप - थ्रिस्टारको संघर्षपूर्ण जित

      2/12/2018 गते 00 00 मा प्रकाशित     1241   पटक पढिएको

सिमरा, २९ माघ ।
टाईव्रेकरमा ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रंतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । 


सुदुरपस्चिम ११ स्पोर्टस क्लब धनगढी विरुद्धको खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितका लागि थ्रिस्टारले टाईव्रेकर सम्म संघर्ष गर्नुप¥यो । 


टाईव्रेकरमा थ्रिस्टारका रजिन धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनील वलले गोल गरे । सुदुरपस्चिमका नरेन्द्र चौधरी र राकेश हमालले गोल गर्दा जीवन चौधरीको प्रहार थ्रिस्टारका गोल रक्षक एलन न्यौपानेले बचाउ गरे । सुदुर पस्चिमका टिम क्याप्टेन चेतन थारुको प्रहार क्रसबारमा लागेर फर्कियो । 


खेलको पहिलो हाफमा १–० ले पछि परेको सुदुरपस्चिमले खेलको ८७ औं मिनटमा गोल गर्दै थ्रिस्टारलाई बराबरीमा रोकेपनि टाईव्रेकर फलदायक नवन्दा पहिलो सहभागितामै सिमरा गोल्डकपको सेमिफाईनल पुग्ने अवसर गुमायो । 
यसअघि खेलको पहिलो हाफमा निराजन खड्काको उत्कृष्ट पासलाई सदुपयोग गर्दै थ्रिस्टारका विश्वास श्रेष्ठले टिमलाई अग्रता दिलाएका थिए । 


पहिलो हाफमा आकर्षक अवसर बनाउन नसकेको सुदुरपस्चिमले दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । दोश्रो हाफको शुरु देखिनै आक्रामक खेल खेलेको सुदुरपश्चिमले थुप्रै अवसर सिर्जना गरेपनि बराबरी गोल फर्काउन अन्तिम सम्म संघर्ष ग¥यो । 
खेलको ८७ औं मिनटमा मणिराम चौधरीले पेनाल्टी एरियामा पाएको चेतन थारुको पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । 


खेलको म्यान अफ दि म्याच थ्रिस्टारका गोल रक्षक एलन न्यौपाने घोषित भए । 

 

प्रतियोगिताको अन्तिम क्वाटर फाईनलमा सोमबार साविक विजेता सिएमजी संकटा क्लब र वीरगञ्ज यूनाईटेड क्लब विच खेल हुने प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेले जानकारी दिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.