logo

दूई देशका पत्रकारहरुको मैत्रीपूर्ण क्रिकेटमा भारतीय पत्रकारको टीम बिजयी 

      3/9/2018 गते 00 00 मा प्रकाशित     1167   पटक पढिएको

रौतहट २५ फागुन ।
भारतीय महावाणिज्य दुतावास बीरगंज र राजदेवी मिडिया सेन्टर गौरले संयुक्त रुपमा आयोजना गरेको भारत र नेपालका पत्रकारहरुवीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली पत्रकारहरुको टिम पराजित भएको छ ।

 

टाँस जिती पहिले वल्लेबाजी गरेको नेपाली संचारकर्मीहरुको टिमले १९.३ ओभर खेल्दै १ सय ३१ रन बनाएको थियो । नेपाली पत्रकारका तर्फबाट प्रभावकारी दैनिकका रबिन बस्नेतले ४४ रन बनाए भने बजरंगी गुप्ताले २७ रनको योग्दान दिए । यि दुई बल्लेबाज बाहेक अरु बल्लेवाजले भने खासै राम्रो प्रर्दशन गर्न सकेनन ।

 

त्यस्तै १ सय ३२ रनको लक्ष्य सहित मैदानमा ओर्लेको भारतीय संचारकर्मीको टिमले १८.४ ओभरको खेल खेल्दै ६ विकेटले प्रतियोगिता आफ्नो पक्षमा पार्न सफल बनेको छ । भारतीय बल्लेवाजलाई निशाना बनाउन नेपाली संचारकर्मीका बलरहरुले लगातार प्रयास गरेपनि खासै सफलता भने पाउन सकेनन ।

 

नेपाली संचारकर्मीका तर्फबाट हिमालय टेलिभिजनका रौतहट संम्वाददाता प्रविण टिबडेवालले ३ ओभरमा १५ रन खर्चिदै २ विकेट लिई उत्कृष्ट बलीङको प्रर्दशन गरेका थिए । प्रतियोगितामा सहभागी दुबै टिमका खेलाडीहरुलाई भारतीय महावाणिज्य दुतावास बीरगंजका प्रमुख बि.सी प्रधान गौर नगरपालिकाका मेयर अजय गुप्ताले संयुक्त रुपमा पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.