logo

वीरगंजको हाफ म्याराथनमा आर्मीका थापाले उपाधी चुमे

      4/21/2018 गते 00 00 मा प्रकाशित     1114   पटक पढिएको

वीरगंज,८ बैशाख ।
पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१ दशमलव १ किलोमिटर दुरीको नेपाल आईस पाँचौ वीरगंज सिटी हाफ म्यारथनको उपाधी सिनियर तर्फ आर्मीले जितेको छ ।त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम र द्वितिय स्थानमा बाजी मारेको छ भने तृतिय स्थान सशस्त्र प्रहर बलले प्राप्त गरेको छ ।


।आर्मीका लालबहादुर थापा प्रथम र टिकाराज कटुवाल द्वितिय भए ।थापाले १घण्टा ११ मिनेट,कटुवालले १ घण्टा १२ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै पहिलो र दोस्रो स्थान ल्याए भने एपिएफका सन्तोष विष्टले १ घण्टा १२ मिनेट
३६ सेकेन्डमा दौड पुरा गर्दै तृतिय स्थान ल्याए ।यसै गरी सिनियर तर्फ जुम्लाका धर्मेन्द्र बुढा मगर चौथो,माल्दिभ्सका मोहम्द रसिद पाँचौ र काठमाडौका किशोर खड्का छैठो भए ।


त्यसै गरी ५ किलो मिटर दुरी रहेको जुनियर तर्फ १८ मिनेटमा दौड पुरा गर्दै सुभाष थापा प्रथम,अनिल साह द्वितिय,अमित शर्मा तृतिय,हासिम मंसुरी चौथो,गोरखा फौजी पाँचौं र दिपक सार्की छैठो भएँ । सिनियर तर्फका खेलाडी मध्ये प्रथमले २५ हजार,द्वितियरले २० हजार,तृतियले १५ हजार तथा जुनियर तर्फमा प्रथमले ५ हजार,द्वितियरले ३ हजार र तृतिय हुने ले २ हजार नगदसहित,मेडल,प्रमाण पत्र प्राप्त गरे ।

 

म्याराथन दौड प्रतियोगिताको आर्कषणका केन्द्र विन्दुको रुपमा रहेका दक्षिण एशियाली म्याराथन तथा ओम्पियन बैकुन्ठ न्धर,अन्तराष्ट्रिय धावक पुष्पलाल श्रेष्ठ,बुद्धवीर लामालगायतले विजेता खेलाडीहरुको हौसला बढाउन पुरस्कृत गर्दै बधाई दिएका थिए ।संघका अध्यक्ष शैलेन्द्र पाण्डेको अध्यक्षता एवं दिलिपराज कार्कीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समिति वीरगंजका अध्यक्ष मानदेव हाजरा,नेपाल आईसका प्रतिनिधि प्रदीप कंडेल,हिमालयन डिष्टीलरी लिमिटेडका कारखाना प्रबन्धक उदय भण्डारी,गण्डक हस्पिटलका सिइओ चन्दनकुमार चौरसिया,क्रिकेट एशोसियशन नेपाल,मध्यमाञ्चल क्षेत्रीय समिति वीरगंज सदस्य कृष्णकन्हैया कायस्थलगायतको उपस्थिति थियो ।

 


यसैवीच,वीरगंजमा संस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न भएको छ ।५ किलोमिटर दुरीको यो प्रतियोगितामा प्रिन्स मुखिया प्रथम,चन्देश्वर पटेल द्वितिय,विकासचन्द उपाध्याय तृतिय भएका छन् ।कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानसेनापति रुकमागद कटुवालले विजेता विद्यार्थीहरुलाई पुस्कृति गरेका थिए । दौड प्रतियोगिताको रुट घण्टाघरबाट छपकैया पोखरीबाट रेल्वे रोड भएर घण्टाघर सम्म ५ किलोमिटरको लागि निर्धारण गरिएको थियो भने २१ किलोमिटरमा परवानीपुर प्रहरी चेक प्वाइन्टबाट पुनः घण्टाघरमा फर्किएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.