logo

जीतपुरसिमरा उपमहानगरमा मेयर कप फूटवल हुने

      5/23/2018 गते 00 00 मा प्रकाशित     1116   पटक पढिएको

सिमरा, ९ जेठ  । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सहित मेयर कप फूटवल प्रतियोगिता आयोजना हुने भएको छ । 


उपमहानगरपालिकाको सहयोग र सामुदायिक बिकाशसिल क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले बुधवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । 
आयोजकका अनुसार प्रतियोगिता जेष्ठ १७ गते देखी असार २ गते सम्म सिमरा रंगशालामा हुनेछ ।

 

प्रतियोगिताको बिजेताले ट्रफिसहित ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट फरवार्ड, गोलरक्षक, डिफेन्स र सर्वाधिक गोलकर्ताले नगद ५÷५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन् । 


नेपाल खेलकुद पत्रकार मञ्ज बारा प्रवद्र्धक रहने प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटा वडाले सहभागिता जनाउने प्रतियोगिता संयोजक बसन्त लामाले जानकारी दिए । लामाका अनुसार वडाको टिमको संयोजन सम्बन्धित वडाअध्यक्षले गर्नेछन् । वडा भन्दा बाहिरका खेलाडीलाई टिममा सहभागी गराउन नपाईने समेत संयोजक लामाले बताएका छन् । 
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वअनुसार मेयर कप फूटवलको आयोजना गर्न लागिएको बताएका छन् । खेलकुदमा रुची र क्षमता भएपनि अवसर नपाएका खेलाडीलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन हुने मेयर डा. पौडेलको भनाई थियो ।

 
‘खेलकुद, विभिन्न रचनात्मक भूमिका र सकारात्मक क्रियाकलापमा युवाहरुलाई जागृत गराउन जरुरी छ । यस्ता गतिविधि गराउन उपमहानगरले आफ्नो भूमिका स्थापित गर्नेछ’ मेयर डा. पौडेलले भने ‘युवाहरुको आकर्षणको रुपमा रहेको फूटवल प्रतियोगिताबाट हामीले सुरुवात गरेका छौ, यसपछि क्रिकेटलगायत अन्य खेलकुद आयोजना हुदै जानेछन् ।’ 


खेलकुद क्षेत्रको बिकासले उपमहानगरको समग्र बिकासमा टेवा पुग्ने बताउदै मेयर डा. पौडेलले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उपमहानगरको दायित्व रहेको बताए । कार्यक्रममा उपमेयर सरस्वती चौधरीले उपमहानगरको सवै वडाको प्रतिनिधित्व हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले नया प्रतिभाहरु बाहिर आउने बताएकी छिन् । उपमहानगरले खेलकुद क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको भन्दै उपमेयर चौधरीले खेलकुदको गतिविधिलाई निरन्तररुपमा अघि बढाउने बताएकी छिन् । 


कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले प्रतियोगिताको उदेश्यबारे जानकारी गराएका थिए । कार्यक्रममा सामाजिक बिकास समिति संयोजक शोभा कार्की, होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा, नवजनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीलगायतले मन्तब्य राखेका थिए । 


कार्यक्रममा वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नं. ११ का अध्यक्ष विनोद यादव, वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं. २३ का अध्यक्ष अस्लम देवान, कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, अनिता चौधरी, ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक भूवन भट्टलगायत जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, क्लबका पदाधिकारीको उपस्थिती रहेको थियो । क्लबका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.