logo

मेयर कपको उद्घाटन खेलमा वडा नं. १ र ११ बिजयी

      5/31/2018 गते 00 00 मा प्रकाशित     1030   पटक पढिएको

सिमरा  १७ जेष्ठ । सामुदायिक बिकासशील क्लबको आयोजनामा सुरु भएको प्रथम मेयर कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नम्बर ११ बिजयी भएको छ । 


जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको पहिलो दिनको खेलमा वडा नं. १ ले वडा नं. १३ लाई ३–० गोलले पराजित गरेको हो । वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित ग¥यो । वडा नं. १ लाई जित दिलाउन निरज मगर, उत्सव कंसकार र प्रशान्त चौधरीले समान १÷१ गोल गरेका थिए । 


निर्धारित ५० मिनेटको खेलमा वडा नं. १ ले खेलको ९ औं मिनेटमा अग्रता लिएको थियो । उत्कृष्ट लयमा देखिएको वडा नं. १ ले दुई गोल दोस्रो हाफमा गरेको हो । वडा नं. १ ले वडा नं. १३ को अधिकांश प्रयास बिफल तुल्याएको थियो । 
खेलको म्यान अफ दि म्याच वडा नं. १ का निरज मगर घोषित भए । यसैगरी दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकर हुदै सडन डेथमा पुगेको हो । 


सडन डेथमा वडा नं. ११ का बिजयी गोल दीपलाल रायले गरेका थिए । वडा नं. ६ का युराज अंसारीको प्रहार पोष्टमा ठोक्किन पुगेको थियो । यसअघि टाईब्रेकरमा दुबै टिमले ४–४ गोल गरेका थिए । 


टाईब्रेकरमा वडा नं. ११ का लागि कप्तान रामानन्द बछार, बृजमोहन चौधरी, विनय चौधरी र गोलरक्षक जयराम चौधरीले गोल गरेका थिए । पर्शुराम चौधरीको प्रहार वडा नं. ६ का गोलरक्षक मनोज थापाले बचाउ गरेका थिए । वडा नं. ६ का लागि टाईब्रेकरमा अबिनाश कुमार, अक्की सिंह, कप्तान विरेन्द्र चौधरी र राजिब सिंहले गोल गरे । दिलिप माझीको प्रहार वडा नं. ११ का गोलरक्षक जयराम चौधरीले नियन्त्रणमा लिएका थिए । 


उद्घाटन खेलमा जित हात पारेका दुबै टिमले सेमिफाईनल प्रवेशका लागि बुधवार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत शुक्रवार वडा नं. २ र वडा नं. १८ बीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा वडा नं. २१ र वडा नं. १५ बी प्रतिस्पर्धा हुनेछ । 


नेपाल खेलकुद पत्रकार मञ्च प्रवद्र्धक रहेको प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गरेका थिए ।  


कार्यक्रममा बोल्दै उपमेयर सरस्वती चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवकुमार कार्की, जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनितिक दलका नेता, विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधि, स्थानियको उपस्थिती रहेको थियो ।  


 कार्यक्रम सामुदायिक बिकासशील क्लबका अध्यक्ष दिपक भट्टाराईको अध्यक्षतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा क्लबका सचिव निरज पुडासैनीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेले गरेका थिए । कार्यक्रममा सिमरास्थित न्यु एकता बोर्डिङ स्कुलका विद्यार्थीले सांगितिक प्रस्तुती दिएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.