logo

प्रदेश स्तरीय ब्याडमिन्टन खेलाडी छनौट प्रतियोगिता बीरगंजमा शुरु

      6/1/2018 गते 00 00 मा प्रकाशित     1116   पटक पढिएको

वीरगञ्ज १८ जेठ ।  अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा वीरगञ्जमा शुक्रबारदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

 

प्रतियोगिताको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले उद्धघाटन गरेका थिए । खेलको उद्घाटन गर्दैै प्रजिअ पौडेलले खेलमा जस्तो लगन  अनुशासन र सर्मपण अन्य क्षेत्रमा पनि राख्न सकियो भने बिकास हुने बताए ।

 

उनले खेलले मान्छेलाई अनुशासित बनाउने बताए। खेलकुदबाट समाजको पहिचान बनाउन सकिने बताउदै उनले गतिशिलता बिकास र अनुशासनको मध्यामले त्यो पहिचान हासिल गर्न सकिने बताए  ।  

 

कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारणीप्रसाद लम्साल, एसपी रेवती ढकाल,  प्रदेश २ पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र चौहानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।  

 

दुई दिनसम्म सञ्चालन हुने खेलमा डबलमा १६ वटा खेल, सिंगलमा  १५ जुनियर पुरुषमा ४ वटा र महिलामा ४ खेल हुने अन्नपूर्ण मिडिया नेटवर्क  २ नम्बरका ब्युरो संयोजक अलि असर देवानले जानकारी दिए। 

खेलले मानिसलाई अनुसाशित बनाउने भएकाले सामाजिक उत्तरदायित्व निर्वाह अन्र्तगत  अन्तर्गत खेल आयोजना गरिएको उनले जानकारी दिए।  खेलामा पर्सा, बारा, रौतहत, सर्लाही, सिराहा, सप्तरी, महोत्तरी र धनुषाका खेलाडीको सहभागिता रहेको छ।

 

प्रतियोगिता १९ गते संचालन हुने छ । प्रदेश स्तरबाट छानिएका खेलाडीले राष्ट्रीय प्रतियोगितामा भाग लिन पाउने छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.