सिमरा, १८ जेष्ठ । सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा वडा नं. २ र वडा नं. २१ बिजयी भएको छ ।
सिमरा रंगशालामा भएको पहिलो खेलमा वडा नं. २ ले वडा नं. १८ लाई र दोस्रो खेलमा वडा नं. २१ ले वडा नं. १५ लाई पराजित गरेको हो ।
वडा नं. २ लाई सहज जीत दिलाउने क्रममा सुशान लामा र राहुल ओजैयाले गोल गरेका थिए । खेलको २५औं मिने सुशानले टिमलाई अग्रता दिलाएका थिए । प्रज्वल थापामगरको पासमा सुशानले बललाई जाली चुमाएका थिए ।
वडा नं. २ ले दोस्रो गोलको खेलको ४२ औं मिनेटमा गरेको थियो । म्यान अफ दि म्याच घोषित राहुले ओजैयाले टिमका लागि दोस्रो गोल गरे । यसैगरी वडा नं. २१ को जीतमा रोहित गुरुङ र मनिष क्षेत्रीले समान १÷ १ गोल गरे ।
प्रतियोगिता अन्तर्गत शनिवार वडा नं. २२ र वडा नं. १६ बीच पहिलो खेल हुनेछ । यसैगरी दोस्रो खेलमा वडा नं. ७ र वडा नं. २४ बीच प्रतिस्पर्धा हुनेछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगितामा उपमहानगरपालिकाको २४ वटै टीमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ ।
तपाईको प्रतिक्रिया