logo

प्रथम मेयर कप फूटवल ,वडा नं. १ र २ उपाधीका लागि भिड्ने

      6/14/2018 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको

सिमरा, ३१ जेष्ठ । सिमरामा जारी जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवलको उपाधीका लागि वडा नं. १ र वडा नं. २ भिड्ने भएका छन् ।


सिमरा रंगशालामा विहिवार भएको दोस्रो सेमिफाईलन खेलमा जीत हात पार्दै वडा नं. २ ले वडा नं. १ संगको उपाधी भिडन्त पक्का गरेको हो । वडा नं. १२ लाई पराजित गर्दै वडा नं. १ यसअघि नै प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरिसकेको छ । 


दोस्रो सेमिफाईनल खेलमा वडा नं. २ ले वडा नं. ५ लाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमले ११ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । 


प्रतियोगिताकै बलियो टोलि मानिएको वडा नं. ५ लाई टाईब्रेकरमा पराजित गर्ने क्रममा वडा नं. २ का लागि सुशान्त लामा, प्रकाश श्रेष्ठ, अभय लामा र उमेश श्रेष्ठले गोल गरे । वडा नं. ५ का लागि श्रीराम चौधरी र कृपा चौधरीको प्रहारले मात्र जाली चुम्यो । वडा नं. ५ का अस्मीत चौधरीको प्रहार पोष्टमा ठोक्किदा रामएकवाल चौधरीको प्रहार बाहिरिएको थियो । 


यसअघि निर्धारित ७० मिनेटको खेलमा वडा नं. २ ले अग्रता लिएको थियो । खेलको १७औं मिनेटमा बिवश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बलियो टोली वडा नं. ५ विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको वडा नं. २ ले केही अवसर गुमाउन पुग्दा जीतका लागि टाईब्रेकरसम्म संघर्ष गर्नुप¥यो । 


प्रतियोगिता अवधीभर उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाईनल प्रवेश गरेको वडा नं. ५ दवावमा देखियो । पहिलो हाफमा खासै अवसर सिर्जना गर्न नसकेको वडा नं. ५ ले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै केही अवसर बनाएपनि फिनिसिङमा चुक्न पुगेको थियो । 


अन्तिम समयसम्म संघर्ष गरेको वडा नं. ५ ले ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । निर्धारित समय सकिएपछि थपिएको चार मिनेट ईन्जुरी समयको अन्तिममा वडा नं. ५ का लागि सुजित चौधरीले गोल गरेका थिए । सुजितको प्रहार रोक्न वडा नं. २ का गोलरक्षक असफल देखिए । 


सुजित खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्कीलगायतले ट्रफि वितरण गरेका थिए । फाईलन प्रवेश गरेको वडा नं. २ ले अब उपाधीका लागि असार २ गते वडा नं. १ संग प्रतिस्पर्धा गर्नेछ । 


जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । जेष्ठ १७ गतेदेखी सुरु भएको प्रतियोगितामा उपमहानगरको २४ वटा वडाको सहभागिता रहेको थियो । 


यसैगरी फाईलन अघि सिमरा रंगशालामा शुक्रवार दुई मैत्रीपूर्ण फूटवल खेल हुने भएका छन् । पहिलो मैत्रीपूर्ण खेल पत्रकार र मेयर कप फूटवल आयोजक सामुदायिक बिकासशील क्लबबीच हुनेछ भने दोस्रो सेमिफाईनल खेलमा उपमहानगरको जनप्रतिनिधि र कर्मचारी भिड्नेछन् ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.