logo

गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

      6/20/2018 गते 00 00 मा प्रकाशित     1101   पटक पढिएको

वीरगंज ६ असार ।

नेपाल युवा परिषद् पर्साको आयोजना तथा बिन्दवासिनी गाउँपालिकाको सहयोगमा बुधवार बेटी पढाई दहेज मुक्त समाज बनाई शीर्षकमा गाउपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता श्री रा.रा.चौ.मावि. झौवागुठी—३ मा सम्पन्न भएको छ ।

सो कार्यक्रममा गाउपालिकाका ४ वटा मावि र निमाविका विद्यार्थीहरुले सहभागि भएका थिए । वक्तृत्वकला प्रतियोगितामा निमावि गर्दौलकी छात्रा प्रितम कुमारी यादव प्रथम, मावि बहुअर्वाभाठाका छात्र इन्द्रेणी चौहान दोश्रो, मावि झौवागुठीका छात्र प्रमोद चन्द्रवन्शी र प्रियंका दास चौथा भएका थिए ।

सो कार्यक्रममा निर्णायक मण्डलमा धर्मेन्द्र कुमार चौबे, रामलखन चौरसिया, अच्छेलाल मुखिया र प्रमोद चौहानले प्रतियोगिहरुको मुल्यांक गरि पहिलो दोश्रो तेश्रो र चौथो छुटयाएका थिए । 

सो कार्यक्रमका प्रमुख अतिथि श्री रामस्वरुप रामपृत चौरसिया माध्यमिक विद्यालयका प्राधानाध्यापक सताश चन्द्र झाले स्थानिय भाषामा पहिलो पल्ट वक्तृत्वकला प्रतियोगिता भएको र यसलाई अगामी दिनमा पनि निरन्तरता दिने आयोजक संस्थालाई आग्रहगरेका थिए । निरन्तर स्थानिय भाषामा विभिन्न खाले कार्यक्रमको संचालन भोजपुरी भाषामा होस भन्ने कुरामा जोड दिएका थिए । सो कार्यक्रममा गाउपालिकाका ४ वटै विद्यालयका छात्र छात्रा र शिक्षकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

नेपाल युवा परिषद् पर्साका सचिव शेष मखदुम जहाँगस्तको सभापतित्व कार्यक्रममा सहजीकरण अजय कुमार चौरसियाले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.