logo

थ्रिस्टार सिमरा गोल्डकपको फाईनलमा

      1/24/2019 गते 00 00 मा प्रकाशित     1464   पटक पढिएको

सीमारा  १० माघ ।
रुस्लान थ्रिस्टार क्लव बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । 
सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा हिमालयन शोर्पा क्लवलाई १–० ले पराजित गर्दै थ्रीस्टारले अन्तिम दुईको तय यात्रा तय गरेको हो । 


थ्रिस्टारलाई उपाधी होडमा उभ्याउने क्रममा फोफना फोडेले गोल गरे । रञ्जन बिष्टको पासलाई सदुपयोग गर्दै फोडेले खेलको ७१औं मिनेटमा गरेको गोल निर्णाय कबनेको थियो । फोडेले शेर्पाका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै बललाई जाली चुमाएका थिए । 


प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखीनै दुबै टिमले राम्रा अवसर बनाएपनि सदुपयोग गर्न भने चुकेका थिए । खेलमा अग्रता लिएपछि केही आक्रामक देखिएको थ्रिस्टारले अन्तिम समयमा पाएको अवसर चुकाउन पुग्दा १–० को जीत हात पार्दै आर्मीसंगको उपाधी भिडन्त पक्का गरेको हो ।

 

आर्मी र थ्रिस्टारबीचको फाईनल खेल शनिवार हुनेछ । आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै साविक बिजेता आर्मी प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ । थ्रिस्टारका कप्तान बिक्रम लामा घोषित भए । उनले नगद हजार प्राप्त गरे । 


हिमालयन शेर्पाका प्रशिक्षक ब्रिजेन्द्र पुडासैनीले टिममा तालमेलको अभाव देखिएको र केही अवसर गुमाउन पुग्दा पराजय भोगेको बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जीतबाट खुशी भएपनि टिमको प्रदर्शनमा सुधार ल्याउन जरुरी रहेको प्रतिक्रिया दिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.