logo

दिवशीय सिरिज जितेर नेपालले इतिहास रच्यो

      1/28/2019 गते 00 00 मा प्रकाशित     1454   पटक पढिएको

काठमाण्डौं १४  माघ । 
यूएईबिरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ । यूएईको घरेलु मैदानमै नेपालले पहिलो एक दिवसीय सिरिज जितेको छ । कप्तान पारस खड्काको शतकीय पारिले नेपाललाई जित दिलाएको छ ।


पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा २५४ रन बनाएको थियो । विशाल स्कोरको पिछा गरेको नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको छ । यूएईले दिएको विशाल लक्ष्य पछ्याउँदै नेपालले ४ विकेटले जितेको छ ।

टस जितेर नेपालले यूएईलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुवातमा यूएईका खेलाडीहरु नेपाली बलरका अगाडी धरापमा परेका थिए ।

 

साहिमान अनवरले ८७ रन बनाएपछि यूएई २५४ रनको बलियो स्थितिमा पुगेको थियो । तर नेपालका कप्तान पारस खड्काले यूएईको सिरिज जित्ने सपनालाई तुहाई दिएका छन् ।

११५ रन बनाएर उनले अन्तराष्ट्रिय एक दिवसीय खेलमा पहिलो शतक बनाए । खडका लागि मात्र नभई नेपाली खेलाडीकै लागि एक दिवशीयमा बनाएको यो पहिलो शतक हो ।

 

एक दिवसीय खेलमा पहिलो शतक बनाउने खेलाडी कप्तान खड्का बनेका छन् । नेपालका ओपनर ब्याट्म्यान ज्ञानेन्द्र मल्लले पनि ३१ रन बनाएका छन् । अन्तराष्ट्रि क्रिकेटमा पहिलो डेब्यू गरेका सन्दीप झोराले १९ रन बनाए । अन्तिममा ब्याटिङ गर्न आएका सोमपाल कामीले तीन चौक र एक छक्काको मदतमा २६ रन बनाउँदै खेल जिताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.