logo

जीपी कोईराला प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा

      1/31/2020 गते 00 00 मा प्रकाशित     1158   पटक पढिएको

वीरगन्ज, १७ माघ । वीरगन्जमा शनिबारदेखि हुने प्रदेशस्तरीय प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । स्वर्गीय गिरिजा प्रसाद कोईराला फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनले प्रदेशस्तरीय प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा भएको र  भोली उदघाटन हुने जानकारी दिनुभयो ।

“स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ युवाहरुको शारिरिक, मानसिक, सामाजिक र बोद्धिक विकासको साथै खेलकुदको प्रवद्र्धनका लागि पनि प्रतियोगिताका आयोजना गरिएको जानकारी दिनुभयो । भोलीको औपचारिक कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष मोम्मद सहाबुद्दीन, सदस्यहरु मनोज कुर्मी, बाबुनन्द प्रसाद, रवि कुमार चौरसिया, संतोष सिंह, एन्फाका रेफ्रि गजेन्द्रमान सिंह, जिल्ला पूmटबल संघका सचिव दिपक साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सरोज चौरसियाले गर्नुभएको थियो । प्रतियोगिताको समापन समारोहमा भने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले एकलाख ५१ हजार र उपविजेताले ७५ हजार नगद सहित मेडलहरु पाउने फाउण्डेशनका सचिव सरोज चौरसियाले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्ट्राईकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याचको लागि पुरस्कारको व्यावस्था रहेको चौरसियाले बताउनुभयो ।

प्रतियोगितामा प्रदेश नम्बर २ का आठ वटा जिल्लाका पूmटबल संघहरुको सहभागिता रहने छ । समूह ‘क’ मा पर्सा, बारा, धनुषा र सिराहा रहेका छन् । समूह ‘ख’ मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी रहेका छन् । यसैबीच भोलीको उदघाटन खेल समूह ‘क’ को पर्सा जिल्ला पूmटबल संघ र धनुषा जिल्ला पूmटबल संघबीच हुनेछ ।     

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.