logo

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने 

      2/23/2020 गते 00 00 मा प्रकाशित     1530   पटक पढिएको

फागुन ११ फागुन । वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा बीरगंज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगंज उद्योग बाणिज्य संघको सहआयोजनामा फागनु १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो ।

वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । प्रतियोगिता वीरगञ्ंज म्याराथन हुन लागेको वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले बताए । एकताको लागि दौड र स्वच्छ देश—स्वस्थ्य मधेश, भन्ने मुल नाराकासाथ हुन लागेको म्याराथनमा ६ हजार भन्दा बढीको सहभागिता हुने आयोजकले दावी गरेको छ ।

प्रतियोगितामा सहभागी मध्ये चार हजार एक सय जनालाई निःशुल्क रुपमा टिसर्ट र क्याप बितरण गरिने सेनाका जरनल अनुपजंग थापाले बताए । प्रतियोगिता आयोजनाको लागि करिव ७५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता सफल भए वीरगन्जले पनि राष्ट्रिय स्तरको प्रतियोगिताहरु आयोजना गर्न सक्षम छ भन्ने सन्देश दिने र खासगरी नेपाल भ्रमणबर्ष २०२० लाई पनि यसले सहयोग पुग्ने आयोजकको भनाई छ ।

विभिन्न १४ विधामा आयोजना हुने प्रतियोगितामा अपांग, बालबालिकादेखि वृद्धवृद्धासम्मको दौड प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । विभिन्न विधामा आयोजना गरिने प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यावस्था गरिएको छ । मुख्य म्याराथुनको भने ४२ किलोमिटर दूरीको हुनेछ । म्याराथनका विजेताले २ लाख रुपैंया पाउने छ ।

 वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, महासचिव माधव राजपाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.