logo

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

      2/26/2020 गते 00 00 मा प्रकाशित     1923   पटक पढिएको

बढनिहार १४ फाल्गुण ।
पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ ।

आयोजक पर्साका गढी युवा क्लब र मकवापुर फूटवल एकेडेमी वीच भएको रोमाञ्चक खेललाई वर्षाले समेत बिथोल्न सकेन । मैदानमा खेलाडी बल गोलपोष्टमा पु¥याउने रणनीतिका साथ खेलीरहे दर्शले पानीको पर्वाह नगरि खेलाडीलाई हौस्याई रहे । खेलको अन्तिम सम्म दुबै टिमबाट गोल भएन ।

त्यस पछि ट्राईबेकरमा निर्णय लिने एम्पाएरले निर्णय लिए तर पहिलो पाँच गोलको ट्राईबेकरमा समेत निर्णय भएन । त्यस पछिको तीन गोलको ट्राईबेकरको अन्तिम बलमा हेटौडाले गोल गरेपछि सातका बिरुद्ध आठ गोल गरेर हेटौडाले उपाधी चुमेको हो ।

थम हुने टिमलाई नगद एकलाख एक सय एकाउन रूपैया ट्रफिशिल्ड मेडल प्रमण पत्र ले समाजबादी पार्टाीका  जिल्ला अध्यक्ष रामनरेश यादबले सम्मानीत गर्नु भयो ।  

दोस्रो हुने आयोजक टिमलाई जिल्ला सचिव तबरेज आलमले पचास हजार एकसय एकाउन नगद ,शिल्ड  मेडल प्रमण पत्रले सम्मानित गर्नु भयो ।  

भने खेलको बेष्ट  किपर ,मिडेन ,डिफेनडर ,फरवाड ,कोच लाई ट्रफिले सम्मानित गरीएको थियो  ,मैन अफ द म्याच लाई साईकल पुरस्कार प्रदान गरिएको थियो ।

 

फाइनखेलको समापन समारोहमा प्रदेश सरकारका  भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनलले खेल स्पिरिटका आधारमा बिकासको बाटोमा लाग्नु पर्ने बताउनु भयो ।

उहाँले खेल जित्नकालागि सामुहिक भावना ,अनुशासन गतिशिलता ,रणनीतिक तरिका जति प्रयोग हुन्छ त्यती कुरा बिकासकालागि पनि आवश्यक रहेको बताउनु भयो ।

उहाँले दुर दराजका क्षेत्रहरुमा रहेका खेल प्रतिभालाई उजागर गर्न र खेलका माध्यमले देशलाई अन्तराष्ट्रसम्म चिनाउने प्रतिभाको खेजीमा यस्ता आयोजनाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले खेलको बिकास र खेलाडीको सम्मानकालागि प्रदेश सरकारले कुनै कसर बाँक निराख्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तवरेज अहमद नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।  

 

कार्यक्रममा वाडा अध्यक्ष उदब बहादुर उप्रेती ,नेकपा नगर अध्यक्ष गोकर्ण पाठक ,समाजबादी पार्टीका नगर अध्यक्ष शेख खुर्सेद ,मिरमिरे युवा कलबका अध्यक्ष शुरज मानन्धर ,लगाएतको सहभागिता रहेको थियो । यम बहादुर थापको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजिकरण योगेन्द्र प्र चौधरोले गर्नुभएको थिए भने स्वागत मनतब्य टेक बहादुर क्षेत्रीले गर्नुभएको आयोजक टिमका सचिव हरि थापाले जनकारी दिनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.