समता समाज नेपाल निचुटाद्वारा पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।
चितवनले एफ सी मुन्डियाल क्लब हेटौडालाई ३ को बिरुद्ध ४ गोलले पराजित गरी सेमिफाइनलमा प्रबेश गरेका छ।
आज भएको खेलमा बसन्तपुर यूनाईटेड चितवनका जर्सी नं ७ का रोशन खत्रीले तीन गोल र सुरज लामिछानेले एक गोल गरेका थिए। त्यस्तै हेटौडाका बिश्व लामाले २ र समीराज ठोकरले एक गोल गरेका थिए। आजको खेलको मैन अफ दि म्याच चितवनका रोशन खत्री घोषित भए।
भोलीको खेल बीरगंज यूनाईटेड र बागमती फूटबल क्लब सर्लाही बीच हुने आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीले बताउनु भयो ।
तपाईको प्रतिक्रिया