logo

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

      3/3/2021 गते 00 00 मा प्रकाशित     1401   पटक पढिएको

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

 

आदर्शनगर स्थित रंगशालामा बुधबार भएको गोल्डेन फ्युचर र सोलकपुर मावि बीचको पहिलो खेलमा गोल्डेन फ्युचर ३४ रनले विजयी भएको हो ।

 

टस जितेर पहिले व्याटिङ गरेको गोल्डेन फ्युचरले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । १८० रनको लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको सोलकपुरले १८ ओभर ५ बल मै अलआउट भएर ८९ रन मात्रै बनायो ।

 

त्यस्तै गौतम मावि र सगरमाथा माविबीच भएको दोश्रो खेलमा सगरमाथा मावि १३ रनले विजयी भएको छ । पहिलो टस जितेर व्याटिङ रोजेको सगरमाथाले २० ओभर खेलमा १६ ओभर १ बलमा अलआउट हुदै ७२ रन बनाएको थियो ।

 

जवाफमा गौतम माविले १५.६ ओभरमा सबै विकेट गुमाएर ५९ रनमा समेटियो । पहिलो खेलको म्यान अफ द म्याच रितिक भूषण र दोश्रो खेलको म्यान अफ दी म्याच गौतम माविका हिमांशु गुप्ता घोषित भएको वीरगन्ज महानगरपालिकाका खेलकुद निर्देशक प्रकाश शर्माले जानकार दिनु भयो  ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.