logo

मधेसी मोर्चाले लाशको खेतीलाई राजनीति ठान्छ

      3/31/2017 गते 00 00 मा प्रकाशित     2244   पटक पढिएको

डा. राजेश अहिराज

सप्तरीमा प्रहरीसँगको झडपमा पाँच जनाले ज्यान गुमाए । ज्यान गुमाउनेहरु कसका कार्यकर्ता हुन् केही थाहा छैन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेको मेची महाकाली अभियानमा आफूहरुको निषेध छैन तर जनताले प्रतिकार गर्न सक्छन् भनेको थियो । तर जब पाँच जना मारिए, तब मोर्चाका नेताहरु झन्डा ओढाउन पुगि हाले । उनीहरुको लाश बोकेर सहर सहर घुमे ।

मूल विषय के हो भने पार्टी–पार्टीबीचको लडाईमा, देशभित्रको आन्तरिक राजनीतिक मूभमेन्टमा मारिने व्यक्ति कोही पनि शहीद होइनन् । शहीद त ती हुन् जो आफ्नो देशको रक्षाका लागि, आफ्नो देशको सार्वभौमसत्ता, अखण्डतकाका लागि डटेर लड्छ र उसले आफ्नो ज्यान दिन्छ । त्यो नै शहीद हो । यसअर्थमा कञ्चनपुरका गोविन्द गौतम शहीद हुन् । मोरङमा मारिएका शाह थरका एक नेपाली शहीद हुन् । तर सप्तरीका पाँचको मात्रै होइन राणाविरोधी अभियानमा मृत्यु वरण गर्ने जसलाई हामी ‘चार शहीद’का रुपमा बुझ्छौं उनीहरु पनि शहीद होइनन् ।
गाउँमा डाक्टर नहुँदा अहेबलाई नै ‘डाक्टरसाब’ भनिए जस्तै हो ‘चार शहीदको प्रशंग’ पनि । यसकारण पहिले त शहीदको मापदण्ड तोकिनु पर्छ ।

आज एमाले भन्ने एक पार्टीको कार्यक्रम बिथोल्न जाने क्रममा पाँच जना मरे । भोली संघीय समाजवादी र सद्भावनाबीच यस्तौ सम्बन्ध हुन सक्ला । मानौं संघीय समाजवादी र सद्भावनाका कार्यकर्ताबीच झडप भयो र कसैको ज्यान गयो भने के उनीहरु शहीद हुन्छन् ? सीधा कुरा हो हुँदैनन् । एमाले पनि अरु पार्टी जस्तै एउटा पार्टी हो । यो पार्टीको कार्यक्रम बिथोल्ने क्रममा मारिएकाहरु शहीद हुँदैनन् । मलाइ यो पनि थाहा छ कि मेरो यो धारणाले धेरै मानिसहरुको क्रोधले सीमा काट्ने छ । तर म यति भन्छु शहीद शब्दको अपमान नगरियोस् ।

मधेसी मोर्चाले तराईमा ‘इमोस्नल पोलिटिक्स’ गरिरहेको छ । उसले निषेधको राजनीति गरिरहेको छ । मोर्चालाई एमालेको विचार मन परेन भने उसले विचारले नै परास्त गर्नु पथ्र्यो । अझ मोर्चाले एमालेको सभामा आफू पनि सामेल भएर बोल्ने वातावरण तयार पार्नु पथ्र्यो । तर उसले औपचारिक हिसाबले एमालेलाई निषेध गरेन । जनताले प्रतिकार गर्न सक्छन् भनेर जनता उक्सायो । तर जब मानिसहरु मेर अनि हतार हतार गएर पार्टीको झन्डा ओढायो । मृतकको शवमा पार्टीको झन्डा ओढाएपछि त एमालेको सभा बिथोल्ने मोर्चा नै रहेछ भन्ने स्पष्ट भएन र ?

अर्को कुरा मधेसी मोर्चा नै मधेस वा मधेसी हो भन्ने भ्रमबाट निस्किनु पर्छ । मधेसी मोर्चा नेपालको के भनौं तराइकै साना दलहरुको एउटा गठबन्धन हो । यो गठबन्धनको आधिकारिक हैसियत एकदम सामान्य छ । तर मोर्चाले यसरी भ्रम छरिरहेको छ कि मधेस र मधेसी भनेकै मोर्चा हो ।

मोर्चाले भ्रममात्रै फैल्याएको छैन । राजनीतिक गण्डागर्दी पनि गरिरहेको छ । कुनै पनि राजनीतिक दललाई देशको ७५ नै जिल्लामा गएर सभा सम्मेलन गर्ने अधिकार छ । तर मोर्चाले गुन्डागर्दीको शैलीमा एमालेलाई निषेध गरेको छ । एमालेलाई मधेसमा निषेध गर्ने मोर्चाका नेताहरु आफू चाहीँ काठमाडौंमा आलिसान महल बनाएर बसेका छन् । यदि गहिरिएर हेर्ने हो भने मधेसी मोर्चाले देश र मधेसकै अपमान गरिरहेका छन् । यो कुरा आगामी दिनमा अझ स्पष्ट हुनेछ ।

एमालेले हारेको ठाउँमा उसलाई पस्न नदिने हो भने मधेसी दलका नेताहरु आफुचाहिँ किन काठमाडौं बस्छन् ? मोर्चाका नेताहरुले पनि त काठमाडौंमा कहि कतै जितेका छैनन् । अर्थात राजनीतिमा यस्तो निषेध गरिनु हुँदैन । यो गलत हो ।फोरमको पहिलो आन्दोलनमा ५४ ले ज्यान गुमाए । संविधान जारीको बेला ५६ ले अहिले पाँच जनाले ज्यान गुमाए । मधेसी नेताहरु नै सरकारमा जाँदा विशेष सुरक्षा योजनामार्फत तराईमा २८१ जनाको गैर न्यायिक हत्या भयो । मधेसी मोर्चाले जे जे एजेन्डा उठाएर राजनीति गरिरहेका छन् तिनै एजेन्डा गजेन्द्रनारायण सिंहले उठाएर ३० वर्ष राजनीति गरे । तर एक जनाको पनि ज्यान गएन । मोर्चाले यति धेरैको रगत बगाइसकेका छ तर पनि उनीहरुको मन शान्त भएको छैन ।

मधेसी मर्दा किन मोर्चा मौन ?

मैले मधेसको राजनीतिबारे अध्ययन गर्न थालेको २० वर्ष भयो । तर मैले मधेसी मोर्चाले राजनीति कसको लागि गरिरहेको छ बुझ्न सकेको छैन । केही वर्ष अघि मोरङमा वासुदेव साहलाई भारतीय एसएसबीले गोली हानी हत्या गर्यो तर मधेसी नेताहरु बोलेनन । ७२ मंसिरमा सप्तरीमा चार जना यादव थरका नेपालीहरुलाई एसएसबीले गोली हानी घाइते बनायो मोर्चाका नेताहरु चुइक्क बोलेनन् । यसपटक कञ्चनपुरमा गोविन्द गौतमको हत्या गर्यो मधेसी मोर्चा चुइक्क बोलेनन् । जाजरकोटमा २६ जनाको बस दुर्घटनामा ज्यान गयो । त्यसमा पनि मोर्चाको चट्टान भएर बस्यो ।

वास्तवमा यो मोर्चा कस्को लागि राजनीति गर्छ ? देशको लागि त गरेको देखिएन । क्षेत्रीय पार्टी जस्तो देखियो । यदि यसको औकात क्षेत्रीय पार्टीकै हो भने उसले एमाले कांग्रेसका मधेस ब्यूरोसँग प्रतिस्पर्धा गर्नु पर्यो । कांग्रेस एमालेसँग होइन ।

अर्को तिर हेर्नुहोस्, हालै भारतीय राजदूतको बिदाई मोर्चाले औपचारिक रुपमा नै गर्यो । छिमेकी हो भनेर सम्मानमा बिदाइ गर्नुलाई गलत नबुझौं । प्रश्न यहाँ यो छ कि छिमेकी त चीन पनि हो । अलि परेको छिमेकी त पाकिस्तान पनि हो । यी देशका राजदूतको बिदाई पनि मोर्चाले गर्छ ?
(मधेस मामिला जानकार डा. अहिराजसँग ध्रुव रिजालले गर्नुभएको कुराकानीमा आधारित) सभारःनेपाल आज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.