logo

‘मधेसमा काठमाडौंले हेरेजस्तो कमजोर छैन एमाले’

      9/11/2017 गते 00 00 मा प्रकाशित     1332   पटक पढिएको

केही समययता म प्रदेश–२ का विभिन्न गाउँ घुमिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरुले खबर पनि सुनाउँछन्। चुनाव मज्जाले लागेको छ। राजपाको सहभागिता पछि मतदानको प्रतिशत पनि राम्रै हुने देखेको छु।

प्रदेश–२ मा कांग्रेसले आफ्नो स्थान सुनिश्चित गर्छ। ऊ नै पहिलो दल हुन्छ। मधेसवादी दलहरुको विभाजनले पनि उसलाई फाइदा पुगेको छ। छाडेर मधेसवादी दलमा गएका उसका धेरै स्थानीय नेता, कार्यकर्ता पार्टीमा फर्किसकेका छन्।

कांग्रेसले मधेस र मधेसीलाई चिढ्याउने काम गरेन। छुचो बोलेन। बरु, साथै लिएर अघि बढ्न खोज्यो। त्यसको लाभ पनि उसले पाउन सक्छ। पार्टीभित्रैको असन्तुष्टि सम्बोधन गरेर समीकरण मिलाउन सक्यो भने अघिल्लो २ चरणमा भएको स्थानीय निर्वाचनको क्षतिपूर्ति उठ्छ।

नेकपा एमालेको हकमा ऊ मधेस विरोधी पार्टी भयो, संविधान संशोधनमा सघाएन भन्ने जुन चर्चा काठमाडौंमा छ, त्यसले यता खासै प्रभाव पारेको छैन। पहिलो कुरा, धेर–थोर जेजस्तो भए पनि उसको संगठन छ। एमालेको एउटा गज्जब लागेको पक्ष के भने उसले उम्मेदवार छनोटमा बढो ध्यान दिएको छ। एमालेले जित्न सक्ने उम्मेदवारहरुको छनोट गरेको छ। चुनावको घोषणसँगै एमालेले चुनावी अभियान पनि आक्रामक रुपमा सञ्चालन गर्‍यो। त्यसैले एमाले मधेसमा पत्तासाफ हुन्छ भन्ने हल्ला सत्य होइन।

एमाले, राजपा र संघीय समाजवादी फोरमबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुन्छ। राजपा संगठित हुन नपाउँदै चुनावको सामना गर्दैछ। टिकट वितरणमा पनि असन्तुष्टि देखा परेको छ। फोरमले अलि अगाडिदेखि नै तयारी गरेकाले उसको माहौल पनि राम्रै देखिन्छ। तर, संविधान संशोधनमा बलियो गरी उभिन नसकेको भन्ने कुराले केही असर पर्ला। 

बरु, संविधान संशोधन असफल भए पनि चुनावमा आए, उनीहरुसँग पुग्दो संख्या थिएन, विकल्प पनि थिएन भनेर राजपाले सदाशयताको मत पाउन सक्छ। यो भेगमा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको खासै प्रभाव छैन। दलगत भोट बढाउने बाहेक लोकतान्त्रिकले थप प्रभाव पार्न सक्दैन।

माओवादीको प्रचार आक्रामक देखिए पनि, अध्यक्ष प्रचण्ड आफैं सक्रिय भए पनि उसले चमत्कार गर्छ जस्तो लाग्दैन। माओवादीको संगठन पनि कमजोर छ। आगामी दिनका चुनावका लागि जनाधार बनाउने कामसम्म भएको हो। 

यस भेगमा दलभन्दा पनि व्यक्तिगत प्रभाव कस्तो छ? त्यसले नतिजा उल्ट्याउँछ। उम्मेदवारको व्यक्तित्व हेरिन्छ। समाजमा कत्तिको भिजेको छ? कत्तिको सहयोगी छ? जितेपछि के–के गर्न सक्छ आदि। व्यक्तिगत प्रभावमै केही सय मत यताउता हुनसक्छ। 

जातिगत आधारमा पनि मतदान हुन्छ। प्रभावशाली व्यक्तित्व भयो भने उसले आफ्नो जातिको भोट तान्न सक्छ। चुनाव खर्चिलो बन्दै गइरहेको छ। आर्थिक पक्षले पनि चुनावी नतिजामा प्रभाव पार्न सक्ने देखिन्छ।

(कुराकानीमा आधारित)सभारः नेपाल लाइभ डट कम

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.