logo

कति चाहिन्छ भनेकी थिए त्यो लाख करोड जति भएपनि तयार थिए-महिला नेतृ घिमिरे

      11/12/2017 गते 00 00 मा प्रकाशित     1442   पटक पढिएको

शारदा देवीको कानुको संगठबाट मधेश राजनीतिमा लागेकी रेखा घिमिरेको २६ बसन्त सदभावना पार्टीको इति श्रीमै बित्यो । धेरैले उनलाई आश्चर्य ब्यक्त गर्दै जिज्ञासा राखे “तपाई सदभावना पार्टीमा ?” । रेखालाई यस्ता प्रश्नहरुले खासै अप्ठयारो पारेको थिएन । ०१५ सालमा पर्साको औराह गाविसको बहुवरी प्रसौनीमा जन्मिएकी घिमिरेको बिवाह पनि यही भयो । मधेश मै जन्मे हुर्केकाले उनलाई सदभावना पार्टीमा हुनुमा कुनै संकोच र समस्या थिएन । तर राजनीतिक जीवनका २६ वसन्त पार गर्दै गर्दा उनलाई “आफू पहाडिया भएर बिभेदामा” परेको अुनभव भयो ।
    

नेपाल सदभावना मंचबाट राजनीतिक शुरु गरेकी घिमिरे पछिल्लो पटक मधेश केन्द्रीत ६ पार्टी एक भएर बनेको राजपाको केन्द्रीय सदस्य पनि हुन ।  मधेश आन्दोलनको “इपिसेन्टर”को रुपमा रहेको बीरगंजको मितेरी पुलमा अरु झै रेखाको पनि सहभागिता हुन्थ्यो । त्यो बाहेक संगठनको निर्माण र परिचालन उनले राम्रोसंग गरेकी थिइन । थुनामा गइन ,बन्द हड्तालमा सहभागि भइन राजनीतिमै लाग्दा कपाल फूल्यो । जीवनका उर्जाशिल समय मधेश आन्लोलनमा ब्यतित भयो । तर उनी पार्टीको कुनै मूल्याकंनमा परिनन । 
  

 राजनीतिमा लागेका अन्य महिलाहरुले अवसर पाएको भए समानुपातिकमा टिकट पाएको भए । उनको चित्त पनि दुऋने थिएन । पार्टीले चिन्दै नचिनेको मान्छेलाई आन्दोलनमा सहभागि नभएको मान्छेलाई समानुपातिकमा टिकट दिने पार्टीको ब्यवहारले उनको चित्त फाट्यो । आन्दोलनमा हामीले कहिल्यै नदेखेको मान्छेले समानुपातिकमा टिकट पाए उनले भनिन यस्तो गर्ने पार्टीले सामाजिक न्याय गर्छ भनेर पत्याउने आधार अव रहेन । रेखा घिमिरेसंग जसले टिकट दिने कुरा गरेको थियो । उसलाई काठमाण्डौ जान बाटा खर्च समेत दिएर पठाइन । उनले पार्टीले कामको मूल्याकंनको आधारमा अवसर दिए ठिक छै नत्र पैसा लिने भएपनि कति पैसा लिने हो म दिन्छु पनि भनिन । उनले ति भाइलाई अंक भनिन जति चाहिन्छ त्यती दिने कवुल गरिन  । उनलाई पनि टिकट पक्का भनियो तर अन्तिममा उनले समानुपाति तर्फको टिकट पनि पाइनन । 
  

 त्यतीबेला उनलाई आफना पार्टी अध्यक्ष राजेन्द्र महतोले गैर मधेशी समुदायको भनेर यस्तो गरेको होला भन्ने लाग्यो । मधेशमा हामी काँधमा काँध मिलाएर आन्दोलनमा छौ तर नेतृत्व साम्प्रदायीक बिभाजनलाई बढावा दिने प्रयत्न गर्दैछ जसले गर्दा उनको चित्त दुख्यो ।  लामो समय सम्म पार्टीमा संगठीत भएर काम गर्दा उनले कुनै स्वार्थ ब्यक्त गरेकी थिइनन । केही मागीनन पनि । ब्यूटी पार्लर चलाई सामाजिक संस्था चलाएर दुई पैसा आम्दानी गरेर महिला मंच चलाईन । मंचको अगुवाईमा धेरै महिलाहरुलाई सिलाई कटाई तालिम दिलाएर आत्म निर्भर बनाइन । उनलाई संगठनमा आवद्द हुदाको लामो समय सम्म मानसम्मान पाएको अनुभव भएको थियो । तर पछिल्लो समयमा पार्टीको ब्यवहारले उनको राजनीतिक जीवनप्रति गम्भिर प्रश्न उठाईदिएको छ । उनलाई लागेको थियो पहाडी होस की मधेशी मधेशमा जन्मे पछि सबै मधेशी हुन जस्तो लागेको थियो तर आफै संगठीत पार्टीको ब्यवहारले उनको मथिङ्गललाई हल्लाइदिएको छ । 
    

लामो समयको राजनीति जीवन सदभावना हुदै राजपामा पुगेकी घिमिरेले पार्टी त ब्यपार जस्तो ठान्ने अवस्था सृजना भएछ । त्यो ब्यापारमा मैले अंकको कुरा गरिन कति चाहिन्छ लाख करोड कति करोड ?भनेकी थिए तर मैले पैसाको कमीले तिम्रो भएन भन्न नआउ समेत भनेकी थिए । तर त्यत्रो अफर गर्दा पनि अवसर मैले पाइन । पार्टीले जसलाई दिएको छ त्यो पनि पैसामा नै दिएको हो । पैसा चाहिने भएकोले पनि मुटुमा ढुङ्गा राखेर मैले पनि पैसा दिन्छु भन्नु परेको हो उनले स्पष्ट पारिन । पार्टी मेरो नै थियो नी, पार्टीले मूल्याकंन नगरेकोले जुन बिधि पार्टीले अप्नायो मैले पनि त्यही अफर गरेकी हु । पार्टीको  कामै खरिद बिक्र्री गर्ने  भएपछि म संग अर्को बिकल्प पनि थिएन । तर मूल्याकंन नगर्ने पैसा आफनो इमान बेच्नेका वीचमा रहनुको आवश्यकता पनि छैन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.