logo

छाताले “ठोरी”लाई ओत देला ? प्रमुख मुद्धा के हुन्छ ?

      12/14/2017 गते 00 00 मा प्रकाशित     2362   पटक पढिएको

सुदिप थापा 

ईतीहासमा पहिलो पटक ठोरी क्षेत्रको संसदमा प्रतीनिधित्व फरक पार्टिले गर्दैछ । पर्सा क्षेत्र नं ४ बाट राष्ट्रिय जनता पार्टिका उमेद्वार लक्ष्मणलाल कर्णले जित हात पारेका छन्। उनले नेपाली काग्रेशका रमेश रिजाल र बाम गठबन्धनका उमेद्वार उर्मीला अर्याललाई हराउदै आफुले जित हासील गरे । उनको जित संगै ठोरी गाँउपालीका भित्रका जनतामा गहिरो अन्योलताले स्थान जमाएको छ । पर्सा क्षेत्र नं ४ मा रहेको ६ गाँउपालीका मध्य अन्तीम र हरेक कोणबाट पछाडी परेको भनीदै आईरहेको गाउँपालीका हो “ठोरी गाँउपालीका “ जहाँ ९५ % नागरीक पहाडीया समुदायका समाज बसोबास गर्दछन् । यस स्थानबाट बिजयी बनेका कर्णलाई बिशेहष ठोरी गाँउपालीकाको भोट भन्दा पनी अन्य गाँउपालीक मतले बिजयी गराएको हो भन्दा फरक पर्दैन । पछिल्लो समय मधेश आन्दोलनपछि मधेशी समुदाय र पहाडीया समुदायमा केहिन केहि तिक्तता आएको सबैले स्विकार गर्नै पर्छ । जहाँ देशभर गठबन्धनको लहर आउदा अझ भनौ यो क्षेत्रमा गठबन्धनको मत केहि बलीयो ( पुरानो चुनाबको आधारमा) रहदापनी झिनो मतमा खुम्चिन पुग्यो । यो क्षेत्रमा गठबन्धनबाट अन्तरधात भएकै हो भन्दा फरक पर्दैन ।प्रतिशपर्धामा रहेको काग्रशको पनी केहि लागेन । यसका कारण हरु राजनैतीक पार्टिहरुलेनै समीक्षा गरुन । बिजयी उमेद्वारले ठोरीको मुद्धालाई के गर्लान भन्ने मुख्य चिन्ता हो ।

प्रमुख जनताका मुद्धा के हुन्छन् ।

लामो समयबाट बस्ती बसेपनी ठोरी गाँउपीलीकाले कहिले बिकासको राम्रो अनुभुती गर्न पाएन । जिल्ला बाट जती दुरीमा यो स्थान रह्ययो जिल्लाको माया पनी त्यतीनै दुरीमा परीरह्यो । तरपनी ठोरी क्षेत्रका जनता समृद्धको आशबाट भने बिचलन भै सकेका छैनन् ।ठोरीलाई माया गर्ने र यहाँको जनतको भावना बुझ्दै प्रतिनिधित्व गर्ने मौका यसपटक फरक पार्टिले पाएको छ । यहांको प्रमुख मुद्धाहरुलाई पक्कैपनी बिजयी उमेद्वारले पहलकदमी गर्ने छन् वा छैनन् भन्नेमा फेरी एकपटक ठोरीका जनताको मतिष्कमा शंका उत्पन्न भएको छ । खास गरी सामान्य पुर्बधारको तिब्र बिकाश ,पर्यटन बिकाश , सिमाकंन संरचना र राज्यले भनीराखेको नाका बिस्तारनै ठोरीको जनताको प्रमुख मुद्धा रहदै आएको छ । यहाँको समाजको रितीरीवाज , भाषा ,सस्कृती भुगोल सबैजसो समानता चितवन संग भएकाले यहाँका जनता पटक -पटक प्रदेश नं ३ सहितको चितवनमा समयोजन हुनकालागी कहिले आन्दोलन त कहिले अभियान चलाईरह्का छन् । यस गाँउपालीकालाई प्रदेश नं ३ मा समायोजन गर्नकालागी गाँउपालीकाको पहिलो बैठकले नै यो मुद्धा केन्द्रमा सिफारीस गर्ने निर्णय समेत गरीसकेको छ । यो स्थानसमेत रहेको क्षेत्र नं ४ बाट राजपाका लक्ष्मणलाल कर्णले जित हासील गरेपछि यो मुद्धालाई सहयोग गर्छन कि गर्दैनन् भन्ने यहाँको जनताको मुख्य चिन्ताको बिषय बनेको छ । यस्तै नाका बिस्तारको मुद्दालाई पनी बिजयी सासंदले कतीको प्रथामीतामा पार्लान भन्ने अर्को चिन्ताको बिषय हो । यस्तै अब सांसदसगं समग्र ठोरीको सकरात्मक मुद्धको लागी स्पर्ष गर्दै अगाडी बढ्न सकिन्छ की सकिदैन भन्ने मुख्य पाटो हो । आशा गरौं बिजयी उमेद्वारले यो स्थानलाई महत्वपुर्णको साथ नियाल्ने छन् । एउटा राजनैतीक ब्यक्तीलाई त्यस क्षेत्रको भोट संग मुख्य ख्याल हुन्छ ठोरीमा उनको र रजपा पर्टिको बास्तबिक भोट कती छ भनेर सायद अनुमान गरे होला । यसले भोलीको राजनीतीलाई के असर गर्छ भन्ने बिश्लेशण पक्कै पनी गरीएको छ । राजपाको राजनीतीलाई भोली ठोरी गाँउपालीकाकै भोट टाउको दुखाईको बिषय बन्न सक्छ । जसकारण पनी उनले ठोरीको प्रमुख मुद्धालाई साथ दिनेछन् । 
आशा गरौं , जितको शुभकामना ।एसएनएम श्रेष्ठको फेसबुक पेजबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.