logo

निजगढनगरपालिकाका मेयरलाई खुल्ला पत्र

      7/21/2018 गते 00 00 मा प्रकाशित     1202   पटक पढिएको

श्रीमान नगर प्रमख ज्यू
निजगढ नगरपालिका
श्री निजगढ नगरपालीकाका नगर प्रमुख ज्यु । तपाईलाई दाई भनेर सम्बोधन गरे किनकी तपाई मेरो सधैंको प्रिय दाई नै हो, अन्यथा नलिनु होला ।

 

दाई तपाईको मनसाय सही छ होला तर यसको लागि उचित समय अहिले थिएन । सिमरामा उक्त कार्यालय खोल्नुले माथिल्लो भेगका सबै स्थानिय जनताहरुले सुविधा पाउँथे । यो निर्णय पहिले कै सरकारले गरेको यहाँलाई जगजाहेर नै छ ।

 

त्यतिखेरको अवस्थामा कलैयामा गरेको संघियता विरोधी आन्दोलनले यसलाई सिमरामा लागु हुन दिएन । अहिले आएर पुनः सोही निर्णय कार्यान्वयनको चरणमा पुग्दा कलैयाबाट विरोध हुनु र षडयन्त्र गर्नु फेरी पनि सारा नेपाली र यस भेगका जनताको दुर्भाग्य हो ।

 

तपाई छातिमा हात राखेर भन्नुस् के यो अहिले नै सम्भव छ त रु अहिले तपाई लगायत दक्षिणी भेगका साथीहरुले मागेका माग देशैभरी भयो भने राज्यले दिन सक्छ रु किनकी सबैको चाहना हुन्छ स्थानिय तहमै यी यावत कुराहरुको सुविधा पाइयोस ।

 

तपाई आफैं भन्नुस् तपाईकै नगरपालिकाको भित्रको सबै वडा कार्यालयहरुको भवन छैन । तिन तिन वटा वडाको एउटै संयुक्त कार्यालय छ र एउटै सचिवले ३ वटा ४ वटा वडाको काम गर्नु परेको छ, राज्यले प्रत्येक वडामा त सचिव दिन सकेको छैन अनि अहिले नै हामीले उक्त कार्यालयहरु स्थानिय तहमै दे भन्दैमा राज्यले दिन सक्छ त रु विचारणीय प्रश्न छ । कमसे कम नजिकको ठाउँमा आउन लागेको सुविधालाई पहिला लिऔं न अनि विस्तारै अन्य सुविधाहरु खोज्दै गरौंला ।

 

सिमरामा सेवा कार्यालयहरु विस्तारको कुरालाई कलैयाको आखाँले हेर्दा कार्यालय नै सारेको भनेर भ्रम फैलाई रहेका छन् त्यस क्षेत्रका जनताको बिच अनि सबै स्थानिय तहमा चाहियो भनेर सिमरामा दिन लागेको सुविधालाई विवादमा पारेर रोक्ने काम हुन लागेको कुरा तपाई जत्तिको ब्यक्तिले बुझ्न सक्नु पर्छ दाई ।

 

यसका लागि केही जिम्मेवार ब्यक्तिको फेसबुक स्टाटस हेर्नुभो भने घाम झें छर्लङ्ग हुन्छ । प्रिय दाई पहिला तपाईलाई चुनावमा जिताउनलाई कमाण्डरको भुमिका निर्वाह गरेका ब्यक्तिहरुले यसको विरोध गरेका छन् ।

 

यसको अर्थ के हुन्छ भने तपाई योग्य हुनुहुन्थ्यो र त्यस समयमा तपाईलाई उहाँहरुले मरीमेटेर सहयोग गरे अहिले तपाईको कदम उचित भएन अनि विरोध गरे यसलाई लोकतान्त्रिक अभ्यास भनेर बुझ्नुस् ।

 

दाई अहिले संघिय सरकार नेकपाको छ अनि प्रादेशिक सरकार फोरम र राजपाको छ । तपाईलाई अहिले नै यो काम निजगढलाई जरुरी लाग्थ्यो भने नेकपाका र फोरमका निजगढका साथीहरुलाई समेत छलफलगरी टिममा नेतृत्व गरेर अगाडी बढ्नु भएको भए साँच्चीक्कै जनताले पत्याउँथे ।

 

त्यतिमात्र होइन तपाईकै पार्टीको नगर समितिमा यस कुराको छलफल गरेर अगाडी बढ्नु भएको भए सायद यति विवादीत बन्नु पर्थेन होला । समग्रको सारमा भन्नुपर्दा तपाई कसैको गोटी बन्नु भयो ।

 

तपाईले राजनीति भित्रको रणनीति बुझ्न सक्नु भएन जसका कारण तपाई सबैको अप्रिय बन्ने खतरा मैले देखेको छु । दिनेश शर्मा हुमागाईको फेसबुक पेजबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.