logo

मध्यतराईमा जाडो ,शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर 

      12/18/2019 गते 00 00 मा प्रकाशित     922   पटक पढिएको

वीरगञ्ज २ पुष । पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा मगलबार बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

 

तराईका जिल्लाहरुमा अत्यधिक रुपमा बढेको शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । चिसो र शीतलहरले मान्छेहरु बाहिर हिँडडुल गर्न सकेका छैनन् । 


मौसम परिवर्तन भएसँगै आज देखि एक्कासी बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण पर्सा सहित तराईको जनजीवन कष्टकर  बनेको छ । विशेषगरी बारा, पर्सा, रौतहट, जिल्लावासी प्रभावित भएका छन् ।

चिसो हावाका कारण पर्सा सदरमुकाम वीरगञ्जको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ ।

 

शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ । चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ ।


अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ ।

 

त्यसैगरि वासिङ मेशिन र हिटर तथा पानी तताउने यलेक्ट्रनिक्स बस्तुहरुको बिक्री समेत बढेको छ । केहि दिन अगाडि तराईका जिल्लाहरू वर्षा भऐकोले चिसो बढेको छ ।

अचानक चिसो बढ्दै मौसममा परिवर्तन आउँन थालेपछि दैनिक ज्याला मजदुरी गरि जिविका पार्जन गर्ने सर्वसधारणहरु पनि प्रभावित भएका छन् । चिसो र शीतलहरले गर्दा बाहिर हिँडेर काम गर्न सर्वसधारण मजदुरीलाई पनि समस्या भएको छ । 


चिसोले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । बिरामी हुने क्रम पनि बढेको छ । बूढाबूढीमा दम, खोकी, ज्वरो र भाइरलको समस्या देखिएको छ ।  आज बिहानै देखि एक्कासि चिसो बढेको कारण साना नानी विद्यालय जान नमान्ने र चिसोको कारण नसक्ने अवस्थासमेत रहेको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.