logo

डब्लूएचओ प्रोटोकल अनुसार कोरोना संक्रमणको दोश्रो चरणमा नेपाल, कुन चरणमा के हुन्छ ?

इसीमाना डेस्क

      4/4/2020 गते 00 00 मा प्रकाशित     1076   पटक पढिएको


बीरगंज २२ चैत ।
नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । आज पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । 

आज शनिवार एकै दिन थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार आज शनिवार थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारत कै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै  कैलालीमा एक ३४ वर्षीय महिलालाई पनि भाइरसको पुष्टि भएको छ । यी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका आफन्त हुन् । योसँगै पहिलो पटक एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ ।  यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । 

कैलालीको घटनासंगै बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सरेको पुष्टि भएको छ  । विश्व स्वास्थ्य संगठनले यसलाई भाइरस संक्रमणको दोस्रो चरणको रुपमा परिभाषित गरेको छ ।  


यो संगै नेपाल अव कोरोना भाइरसको संक्रमणको दोश्रो चरणको प्रवेश गरेको छ  । यो लोकल ट्रान्समिशनसंगै नेपालको जोखिम निकै बढेर गएको छ । 

‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,। यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’ कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको दरलाई ४ चरणमा छुट्याएको छ  ।  जसमा पहिलो चरण आयातीत संक्रमण हो जहाँ संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मुलुकमा भाइरस  भित्रिन्छ। आज भन्दा अगाडी नेपाल यहि चरणमा थियो, जहाँ विदेशबाट आएकामा मात्र भाइरसको संक्रमण देखिएको थियो । 

दोस्रो चरण भनेको स्थानीय रुपमा संक्रमण फैलिनु हो।  अर्थात् बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सर्न थाल्नु । नेपाल अब संक्रमणको दोस्रो चरणमा पुगेको छ।  

तेस्रो चरणमा संक्रमण सामुदायिक रुपमा फैलिन्छ । यो चरणमा संक्रमित वा विदेशबाट आएका मानिससँग नभेटेकाहरुमा पनि संक्रमण हुन थाल्छ ।  चौथो तथा अन्तिम चरण  महामारी हो । यो संक्रमणको सबैभन्दा खराब अवस्था हो यो  यसमा भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । यो चरण अधिकमात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.