logo

आफू बाचौं र मानव जातिको रक्षा गरौ त्यसकालागि एकताबद्ध होऔः मंत्री  भट्टराई

      4/4/2020 गते 00 00 मा प्रकाशित     843   पटक पढिएको

बीरगंज २२ चैत ।
पर्यटनमंत्री योगेश भट्टराईले अहिलेको संकटकालीन र बिशेष अवस्थालाई बुझन सबैमा आग्रह गर्नु भएको छ । आफनो फेसबुक पेजमा सानो टिप्पणी लेख्दै मंत्री भट्टराईले पार्टी भित्र देखिएका मतभेदहरुमा सार्वजनीक बहस गर्ने बेला नभएको बताउनु भएको छ । 

उहाँले मानब जाति, देश समाज पार्टी , परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्याता नै समाप्त हुने हो की भन्ने खतरालाई स्मरण गर्न सबैलाई अपिल गर्नुृ भएको छ । 


कम्युनिष्ट पार्टी भित्र महाधिवेशनको मिति तय भएपछि बिचारको बहसले प्रवेश पाउछ । र त्ययसलाई बैधानिक बाटो मान्ने प्रचलन कम्युनिष्ट पार्टीमा रहेको छ ।

 

यही कुरालाई स्मरण गराउदै पार्टीको स्थायी कमिटीका सदस्य समेत रहनु भएका मंत्री भट्टराईले समयलाई पर्खो भन्नु भएको छ । 

प्रजातान्त्रिक शासन ब्यवस्थामा पक्ष र प्रतिपक्ष हुनु स्वभाविक हो । प्रतिपक्षले पक्षलाई आलोचना गर्ने खवरदारी गर्ने उसको धर्म नै हो । तर यो धर्म निर्वाहको बिशेषता पनि परिस्थितिजन्य हुन्छ । 

 


मंत्री भट्टराईले अहिलेको अवस्थाका बारेमा चित्रण गर्नु भएको छ र भन्नु भएको छ “यो आम चुनावको प्रचार अभियान होइन । जाहा एउटा पार्टीले अर्को पार्टी बिरुद्ध ,एउटा उम्मेदवारले अर्को उम्मेदवारको बिरुद्ध आरोप र प्रत्यारो झै संचार माध्यममा छरपष्ट नहोऔ ” । 

उहाँले आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला । नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला । भन्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.