logo

कोभिड १९, विश्लेषण र भावी कार्ययोजना 

डा.निरज सिंह

      4/5/2020 गते 00 00 मा प्रकाशित     1253   पटक पढिएको

नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो । संख्या ९ पुग्यो त्यो त्यति महत्वपूर्ण कुरा हैन मुख्य कुरा त देश दोश्रो चरणमा प्रवेश गर्यो । यो चॉंहि  खतराको घंटी हो ।


अहिले सम्म जति पनि नेपालमा संक्रमण भेटिएको थियो ति सबै संक्रमण  “आयातित” थियो, बिदेशबाट घर फर्किएका नेपाली दाजु भाई बहिनी हरूमा मात्र संक्रमण देखिएको थियो । तर हिजो पुष्टि भएकी नवौं संक्रमित धनगढीकी महिला यस अघि संक्रमित दुबईबाट घर आएका चौथो संक्रमीत ब्यक्तिको आफन्त हुन।


 त्यसैले अब नेपालमा पनि  “लोकल ट्रान्समिसन” अर्थति बिदेश नगई गॉंउ घरमै बसेकाहरुमा पनि संक्रमण शुरु भयो। यो डरलाग्दो कुरा हो।किनकि हिजो सम्म बिदेशबाट आएकाहरुबाट मात्र संक्रमणको खतरा थियो र हाम्रो कार्ययोजना र सतर्कता त्यसैमा केन्द्रित थियो। अब स्थिति त्यस्तो रहेन। अब उच्च सतर्कता नअपनाए गुणात्मक बृद्दि सम्भावना प्रवल रहनेछ 
हाम्रो दायित्व
 नागरिकले  लकडाउनको पूर्ण पालना गरौं। घर भित्रै बसौं। सुरक्षित रहौं।सचेतना अपनाऔं, आतंक नमच्चाऔं। जो इमान्दार थिए, उनीहरु विदेशबाट आएपछि इमान्दारीपूर्वक क्वारेन्टाइनमा बसे, अस्पताल गए र उपचार गराए।

 

तर संसारमा सबै मानिस इमान्दार हुँदैनन्। त्यसैकारण समाजिक र सरकारी तहबाट पनि निगरानी कडा पारिनुपर्छ।

 सरकारलाई(तिनै तह)  बैठक मात्र गरेर,  निर्णय र  निर्देशन मात्र नदेउ।निर्णय इमान्दारीपूर्बक कार्यान्वयन गर। कसैले औंला ठड्याउन नसक्ने गरि स्वास्थ्य सामाग्रीको तत्काल पूर्ति गर।यो बेला भ्रष्टाचार को आरोप लाग्नू लज्जास्पद हो ।

 

स्वास्थ्यकर्मी लाई आवश्यक  पर्ने सुरक्षा उपकरण एन एन ९५ मास्क,पर्सन प्रोटेक्टीव इक्वीपमेन्ट (पिपई) गोल्बस चश्मा जुत्ता  अधिक्तम पिसीआर र भिटिएम गर्न मिल्ने  वातवरण यथासिघ्र बनाउने ।

 स्वास्थ्यकर्मीलाई आफ्नो सुरक्षाको लागि आवश्यक स्वास्थ्य सामाग्रि जे जे चाहिन्छ सरकारसंग मागौं।प्राप्तिको लागि दबाब दिऔं तर संकटको बेला कर्तब्यच्यूत नबनौं। पिपीईको  दुरुपायोग न गरौ, पिपीई लगाएर सामाजिक संजालमा फोटो पोष्ट गर्ने काम बन्द गरौ ।

 

न्यूनतम पिपीईको प्रयोग गरेर अधिक्तम प्रतिफल निकाल्ने गरि मितब्ययी भएर कार्ययोजना बनाएर काम गरौ 
 दलहरुहो  संकटको बेला राजनीति नगरौं। राष्ट्रिय सहमति कायम गरौं।राजनीति चुनाब आए पछि गरौंला अहिले ¥यापीड टास्क फोर्स  बनाउन मदत गरौ  ।

 


राष्ट्र लाईइ ठुलो आर्थिक भार पर्ने भएको हुनाले, ठोस आर्थिक नीति अवलम्बन  गर्ने सल्लाह सुझाव दिने ।
पत्रकार मित्रहरु सुरक्षित रहौं।

 

जिम्मेवार पत्रकारिता गरौं। फोटो खिन्च्न लाई भिडभाड नगरौ। अहिले सामान्य समस्या हरू लाई इमरजेन्सी सूचीमा राखेर हेर्न सकिन्न । त्यस्कारण अनावयस्यक स्वास्थ्यकर्मी लाईइ बदनाम  गर्ने गलत समाचार सम्प्रेशण न गरौ । कृपया स्वास्थ्यकर्मी को मनोवल उच्च राख्न मदत गरौ ।

डा.सिंहको सामाजिक संजालबाट लिइएको

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.