logo

किन कोरोना भाइरस संक्रमणको जोखिममा छ प्रदेश २

के.सी.लामिछाने 

      4/6/2020 गते 00 00 मा प्रकाशित     2380   पटक पढिएको

धनगढीमा दुवईबाट फर्केका युवाको आफन्तमा कोरोना भाइरसको संक्रमण पेजेटिभ देखिएपछि नेपालमा जोखिम झनै बढेर गएको छ । धनगढीमा संक्रमीत ति महिला ३४ वर्षिय युवकको भाउजु हुन ।

 

यो घटना पछि चिकित्सा क्षेत्रले नेपालमा “लोकल ट्रान्समिशन” शुरु भएको भन्दै यसलाई खतराको घण्टीको रुपमा हेरेका छन । बिश्व स्वास्थ्य संगठनको प्रोटोकलका अनुसार पनि लोकल ट्रन्समिशनको अवस्थालाई कोरोेना भाइरसको संक्रमणको दोश्रो चरण भनेर तय गरेको छ ।

 

यो घटना सार्वजनीक भएपछि चिकित्सकहरुले लकडाउनलाई कडाईका साथ पालना गर्दै सामाजिक दुरी कायम गर्न सुझाव दिएका छन । लकडाउन कडाई गर्ने कुरामा भावनात्मक हुनु भन्दा पनि ब्यवहारिक भएर कदम चाल्न समेत अनुरोध गरिएको छ ।  

 

लोकल ट्रान्समिशन रोक्न सकिएन भने कोरोनाको संक्रमण समुदाय स्तरमा फैलन्छ । मुलुक त्यो खतरामा पुगिसकेको छ । त्यसलाई नियन्त्रण गर्न सक्ने एक मात्र बिधि भनकोे समाजिक दुरी कायम गरेर हो त्यसको लागि लकडाउनलाई निर्ममता पूर्वक पालना गर्ने र गराउने काम पनि गर्नु पर्ने अवस्था छ ।

एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना भाइरसको संक्रमणको घटना धनगढीमा प्रकाशमा आएको छ । तर यस्तै खालको जोखिममा प्रदेश २ पनि रहेको चिकित्सकहरुको राय छ। प्रदेश २ पनि जोखिममा छ । भारत लगायत तेश्रो  मुलुकबाट प्रदेश २ मा पनि मान्छेहरु आएका छन ।

 

र प्रदेश २ भएर मान्छेहरु मुलुकका अन्य भागमा पनि गएका छन । यो प्रदेश मान्छेकै ट्रान्जिट पनि रहेकोले भारत लगायत तेश्रो मुलुकमा क्रियाशिल जनशक्ति पनि बढी यही प्रदेशको भएकोले प्रदेश २ पनि “डेन्जर जोन” मा रहेकोले चिकित्सकहरुले सर्तकताकालागि चेतावनी पनि  दिएका छन । 

 


प्रदेश २ मा पछिल्लो पटक देखिएका घटनाक्रमहरुले पनि यसको जोखिमको बयान गर्दछ । नेपाल  भारत  दुबै तर्फ लकडाउन छ । अझ दुबै सरकार स्तरमा जुन देशका नागरिक जुन भाूभागमा रहेका छन त्यही क्वारेन्टाइन गर्ने सहमती भएको छ । त्यही सहमतीका कारण त प्रदेश २ को बीरगंजमा करिव १ सय ५२ जना भारतीय नागरिकलाई क्याम्पसलाई नै क्वारेन्टाइन बनाएर राखिएको छ ।

 

ब्यवहारमा यस्तो अभ्यास देखिएपनि यो पूर्णतया लागू नभएको घटनाक्रमले बताएका छन । अहिले बिभिन्न स्थानमा मुस्लिम समुदायको प्रार्थना सभामा सहभागि भएका धार्मिक अगुवालाई नेपालका बिभिन्न स्थाबाट क्वारेन्टाइनमा लाने काम भइरहेको छ । यदी यो लकडाउनको मर्मको पूर्ण पालना भएको भए भारतीय सीमा पार गरेर उहाँहरु नेपाल आउने अवस्था रहदैन थियो होला  तर त्यस्तो हुन सकेन । यो धार्मिक समुदायको मात्र कुरा होइन यत्रो लामो खुला नाकामा चोरी लुकी पनि मान्छे आरपार गर्न सक्ने भएकोले प्रदेश २ मा जोखिम अधिक छ । 
यद्धपी प्रदेश दुईमा आजको मिति सम्म कोही पनि संक्रमीत फेला परेका छैनन । थ्रोट स्वाब टेष्ट नभएको पनि होइन । प्रदेशमा ७९ जनाको थ्रोट स्वाब परिक्षण भएकोमा ४४ जनाको रिपोर्ट नेगेटिभ छ ।

 

अरुको रिर्पोट आउन बाँकी छ । बिदेश बाट आएकाहरुको खोज पनि भएकै छ । उनीहरुलाई आइसोलेशन र क्वारेन्टाइनमा आवश्यकता अनुसार राखिएको पनि छ । यती हुदा हुदै पनि प्रदेश २ कोरोना भाइरसको जोखिममै छ भन्ने कुराको हेक्का चाही राख्नु पर्छ । 


त्यसकोलागि लुकीछिपी भारतबाट नेपाल प्रवेश गर्ने क्रमलाई अव क्रमभंङ गर्न आवश्यक छ । बिदेशबाट आएका कतिपय ब्यक्तिहरु ,लुकीछिपी आएका मान्छेहरु क्वारेन्टाइनमा बस्न मानेका छैनन । उनीहरु यतै पनि लुकेर बसेका छन । सूचना लुकाएका छन । परिवारले समेत यस्तो काममा सहयोग गरेका छन यही कारणले प्रदेश २ मा कोरोना भाइरसको जोखिमको संक्रमण छ भन्न खोजिएको हो ।

 


यहा हाम्रो संघीयताले बनाएको संरचनाको वास्तविक परिक्षा पनि हुनेवाला छ ।  गाँउघर आँगनको सरकारको उपस्थिति यहीनेर आवश्यक छ । स्थानीय सरकारले अहिले सम्म आफनो गाउँपालिका भित्र बिदेशमा रहेर काम गर्नेहरु कति फर्के भन्ने कुराको तथ्याकं संकलन गर्न सकेको छैन । जनप्रतिनिधिहरु गाउँको बिकास र जनताको सुरक्षाका प्रति सम्बेदनशिल हुथे भने यो तथ्याकं संकलन भइसकेको हुन्थ्यो ।

 

आज स्थानीय सरकार स्रोत साधन भएको सरकार हो । तर त्यो सरकार र त्यसमा रहेका प्रतिनिधिहरु जनता प्रति जिम्मेवार भएनन । उनीहरु संकटकाबेलामा अभिभावकको भूमिका खेल्न अनिच्छुक देखिए । यो ढंग नपुरे पनि त्यस्तो भएको हुन सक्छ अर्को संघीयतको ब्यवहारिक अभ्यास शुरु गर्दा हाम्रो मानसिकतामा हिजोको जुन प्रभाव थियो त्यसको हयांग नसकिदा पनि यस्तो भएको पनि हुन सक्छ ।

 

तर बेला यही त्यो हंयागलाई सच्याउने र आफनो नेतृत्व कौशलको प्रर्दशन गरेर आफनो गाउँ र नागरिक जोगाउने काममा भूमिका खेल्ने ।  अहिले जनप्रतिनिधिहरुले भोटलाई केन्द्रमा राखेर बिदेशबाट आएकाहरुको तंथ्याकं संकलन नगर्ने काम ठिक होइन ।

 

भोटको चिन्ता अहिले नगरौ बिदेशबाट आएकाको पहिचान गरि उनीहरुलाई जोगाउन र सिगो जनताको पंक्तिलाई जोगाउन क्वारेन्टाइनमा पुर्याउन अलिक निमर्म बनौ ताकी प्रदेश २ मा जोखिमलाई कम गर्न सकियोस ।

 

क्वारेन्टाइनहरुलाई स्तरीय बनाउने त्यहा दिइने सेवा र सुविधा पनि गुणस्तरीय हुनु पर्ने कुराको सुनिश्चितता स्थानीय सरकारले गर्न सक्नु पर्छ । स्थानीय सरकारले त्यसकोलागि  स्थानीय स्रोत र साधनको परिचालन गर्न सक्छ । 


अर्को महत्वपूर्ण कुरा भनेको लकडाउन प्रभावकारी हुन सकेको छैन । नागरिकलाई पनि यो कस्तो लाग्दै छ भने यो कफ्र्यू हो या आम हडताल हो, दिन भरिमा एउटा निश्चित समयमा खुल्छ अनी आवश्यकताका सामाग्री खरिद गर्न बजार गइन्छ भने जस्तै अहिले भएको छ ।

 

हुर्रर बजार निस्कने ,सामाजिक दुरी पालना नगर्ने बजारमा भिडभाड बनाउने के हुन्छ र भन्ने हिसावले प्रस्तुत हुने कुराले जोखिमलाई बढाएको छ । कोराना भाइरसको संक्रमण भयो भने त्यसको उपचार छैन । त्यो संक्रमण ठिक पार्ने  औषधी छैन । अझ हाम्रो देशेको स्वास्थ्य सेवाको भौतीक क्षमता र  त्यसमा आम मान्छेको पहुच सहज नभएको अवस्थालाई मान्छेले बिचार गरेका छैनन ।

 

यही अवस्था रहेकोले  सरकारले निकै निर्मम भएर घोषणा गरेको लकडाउनलाई रमाइलो ठान्ने काम पनि भएको देखिन्छ । यही बेलामा मासु बेच्न पाइन भन्दै मासु बेच्नेहरुको कराउछन । खाद्य सामाग्री किन्न पाइन भनेर कराउछन उधोग चलाउन पाइएन भनेर उधोगीहरुको उस्तै रडाको सुनिन्छ । यस्तो सुनिनुको पछाडि बिपद प्रतिको हाम्रो गैर जिम्मेवारीपन हो ।

 

बिपद आइहाल्यो भने कसरी ब्यवस्थापन गर्ने  कसरी सरभाइभ हुने कसरी बाँच्ने र जोगिने भन्ने बषियमा हाम्रो कुनै पनि सोचाइ नभएको र सोचाई नभएपछि तयारी गर्ने कुरा त हुनै नै भएन आज त्यसको परिणती यस्तो संकटको बेलामा पनि हामी आफनो डम्फू बजाउन नछोडने भएका छौ ।

 

यो लकडाउन सधैका लागि होइन केही दिनकालागि हो त्यसलाई नागरिकले आफनोलागि हो भन्ने ठानेर कष्ट सहेर भएपनि सहयोग गर्न सक्नु पर्छ । 

 


एउटा पनि स्थानीय संक्रमण प्रदेश २ मा देखियो भने हाम्रो अवस्था कस्तो होला समम्झदा पनि आङ सिरिङग हुन्छ । स्वास्थ्यकर्मीहरुलाइे  चाहिने सुरक्षा उपकरणको अभाव छ । सुरक्षा उपकरणको अभावमा एउटा स्वास्थ्यकर्मीले कुन मनोवलका साथ काम गर्छ ? आइसोलेशन र क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुको हेरचाह गरिरहेका स्वास्थ्यकर्मीहरुकालागि खोई सुरक्षा उपकरण  ।

 

सरकारले अहिले सम्म यि समानको ब्यवस्था गर्न सकिरहेको छैन । अस्पतालमा आइसीयु पनि कम छन। भेन्टिलेटरहरु छैनन । यस्तोमा संक्रमणलाई नियनत्रण गर्न निकै कठि हुनेछ । जीवन हत्केलामा राखेर स्वास्थ्यकर्मी सुरक्षाकर्मी संचारकर्मीले काम गरिरहेका छन  ।

 

कोरोनाको कहर यही अवस्थामा रहोस तर यो भन्दा अगाडि बढ्यो भने महामारीमा पुग्न बाट हामीलाई कसैले रोक्न सक्दैन त्यसैले अझै पनि बेला छ । लकडाउनलाई पालना गरौ घरमै बसौ । अत्यावश्यक पर्दा सामाजिक दुरी कायम गरौ यसलाई ख्याल ठट्टा नठानौ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.