logo

घोषणाको श्रृखंलामा रहवरको अर्को घोषणा र त्यसले सृजना गरेको तरंग 

      4/14/2020 गते 00 00 मा प्रकाशित     2621   पटक पढिएको

बीरगंजमा नेपाल कम्युनिष्ट पार्टीको महानगर कमिटीका अध्यक्ष रहवर अन्सारीले नयाँ वर्षको दिन बेलुका करिब साढे नौ बजेको समयमा सामाजिक संजालमा आफनो स्वामित्वमा रहेको गण्डक अस्पताल कोरोना उपचार प्रयोजनकालागि स्थानीय सरकारलाई दिने घोषणा गरे।

 

अन्सारीको यो घोषणाले एउटा तरंग पैला गरेको छ । त्यसको अभिब्यक्ति चाही सामाजिक संजालमा देखिन्छ । यो तंरंग भने मिश्रित खालको देखिएको छ । 


सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नकालागि लकडाउनको घोषणा गरेको २२ दिन भएको छ । जतिवेला सरकारले लकडाउनको घोषणा गर्यो र आम नागरिकलाई घरमा बस्दा सुरक्षीत होइन्छ घरमै बसौ भनेर अपिल गर्यो । त्यतीबेला नागरिक सामाजको बिभिन्न सरोकार समुहलाई अगुवाई गर्ने मान्छेहरु,खास गरि संचार क्षेत्रकापनि केही मान्छेहरुले यसलाई सरकारी निरकूशताको  अर्थमा देखाउने प्रयास गर्न थाले ।

 

केही सांसदहरु पनि घरमा बस्न भिडियो सन्देश जारी गर्ने अनि पेशा ब्यवसाय संचालनको वतावरण बनाउन भन्दै बिज्ञप्ति निकाल ब्यस्त हुन्थे । बटुवाले हिडन पाएन,तरकारी किन्न पाइएन, साइकल यात्रीलाई प्रहरीले कुट्यो । कुनै एउटा निश्चित समय तोकेर ब्यापार गर्न देउ ।  

 

उधोगीहरुले उधोग चलाउने वतावरण बनाउ भन्दै क्याम्पेनीङ गरे । नागरिक अधिकारका कुरा उठाएर संचार माध्यमले अवस्थालाई अराजक बनाउने प्रयास गरे ।

 

यो जानेर भएको हो वा अनजानमा भएको हो त्यो फरक पाटो हो । लकडाउनको पछिल्लो अवधीमा संचार क्षेत्रले निर्वाह गरेको भूमिका हेर्दा त्यो अनजानमा भएको थियो भन्न सकिने आधार निर्माण भएको छ । लकडाउन यो भन्दा अगाडिको समान्य अवस्था जस्तो पक्कै पनि होइन ।

 

यो कफ्र्यू जस्तो पनि होइन  र बन्द हडताल जस्तो पनि होइन । बन्द हडताल र कफ्र्यूको बेलामा पनि नागरिक अधिकार बन्चित हुदैन । यो संकटकालाको घोषीत रुप पनि होइन । संकटकालमा नागरिक अधिकारनै खोसिन्छन । लकडाउन संकटकाल भन्दा पनि बढी हो । अधिकार त छ अभ्यास  हुने अवस्था छैन । त्यसकारण यो निकै सम्बदनशील अवस्था हो ।

 

मानव जीवनकै रक्षाको बाटो हो यसमा अन्य अधिकार कता गए भनेर खोजी गर्ने भन्दा पनि आफू र अरुलाई सुरक्षीत बनाउने तिर ध्यान दिने बेला हो ।


यो बीचमा बीरगंजमा तीनजना भारतीय नागरिक र रौतहटमा एक नेपाली युवामा  कोरोना संक्रमण पुष्टि भएपछि बीरगंज र मध्य तराईमा कोरोना भाइरसको संक्रमणको जोखिम निकै उच्च छ भन्ने पुष्टि भएको छ । बिदेश  बाट आएका नागरिकको पहिचान गर्ने र उनीहरुलाई सुरक्षीत रुपमा क्वारेन्टिनमा राख्ने बिषयमा तहगत रुपमा स्थानीय सरकार,सामुदायिक संस्थाहरु नागरिक समाजाका बिभिन्न सरोकार समुह धार्मिक सम्प्रदायलाई तारन्तार आग्रह भएको थियो । तर त्यसमा कतिपय अवस्थामा सहि सूचना राज्यलाई दिने कुरामा कन्जुस्याई भयो जसले गर्दा यस क्षेत्रको जोखिम बढेको छ । 


कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नकालागि औषधी ,भ्याक्सीनको आविष्कार भएको छैन । मानवमा रहेको ,रोग प्रतिरोधात्मक क्षमताले नै यो भाइरस बिरुद्धको लडाई जित्नु पर्छ भन्ने चिकित्सक मत रहेको छ । त्यस कारण यसबाट बच्नकालागि संक्रमीतहरुको संसर्गमा नपुग्नु वा उनीहरुलाई आउन नदिनु नै उत्तम उपाय हो । एउटा भनाई निकै चर्चामा आयो स्थानीय सरकारको प्रमुखको तहबाट पनि सन्देश प्रवाह भएको पाइन्छ ।

 

तपाई बाहिर निस्के कोरोेना भाइरस तपाईसंगै घरमा प्रवेश गर्छ  त्यसैले थपाई घर बाहिर ननिस्कनुहोला आधारभूत आवश्यकता हामी पुरा गर्छौ भन्ने सन्देश प्रवाह भयो तर यसलाई पालना गर्ने भन्दा पनि स्थानीय सरकारलाई अनेकौ लाछंना पो लगाउन थालियो ।

 

यसैवीच दैनीक ज्यालादारी मजदुरकालागि राहतको ब्यवस्थापन स्थानीय सरकारले गर्यो । बीरगंज महानगर भित्र ३० हजार घरधुरीले राहत पाउने नामावली तयार भयो । बीरगंज महानगर भित्र ४४ हजार  घरधुरी छ । ग्रामीण तहमा गोदागोद नै भएको छ ।

 

कार्यकर्ताहरुको नाम राहतलिष्टमा पारिएको छ । सर्वदलीय संयन्त्र जे बनाइयो मध्य तराईको सन्दर्भमा हिजो स्थानीय तहको निर्वाचन भन्दा अगाडि दलीय संयन्त्रको अभ्यास जसरी गरिएको थियो त्यसकै पुनरावृति राहत बितरणमा पनि देखा पर्यो । खाद्य सामाग्रीको भाउ आकाशियो ।

 

खसीको मासु एक हजार १ सयमा बिक्री हुन थाल्यो । स्थानीय सरकारहरु राहत बितरणमा मा बाहेक कोरोनाको बिपदलाई ब्यवस्थापन गर्न अरु के तयारी गर्नु पर्छ भन्नेमा सोच्न समेत फूर्सद नपाउने अवस्थामा पुगेको छ । बिपद ब्यवस्थापनको कुनै पूर्वतयारीको अवस्थामा उनीहरु छैनन । उनीहरुलाई राहतले नै आहत बनाईरहेको छ । तथापी समाजमा मानवताक बिम्हवरु बाँकी नै छन ।

 

जसले आफनो छरछिमेकमा रहेका ब्यक्तिहरुलाई आफनो भकारीको धान चामल दिएर सहयोग गरे ।  बहुवर्वाभाठाका प्रमोद तिवारी, बहुदरमाईका प्रमोद साह,मगनी साह,बीरगंजका बसन्त अग्रवाल प्रदीप चौरसिया होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष हरि पन्त बीरगंज बसपार्कका संचालकहरु केशव नेपाल केशव गुप्ताहरुले संकटको घडीमा मानवताको सन्देश दिन सफल भए ।

 

मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन् । इतिहास साक्षी छ भूकम्पले कति घरवारविहीन हुँदा कतिका दरबार जोडिए। पीडितका अगाडि गोहीका आँसु चुहाउँदै सहयोगका त्यान्द्रातुन्द्री तिनले छरे। ठूलो हिस्साले आफ्नै गोजी भरे।

 


अब त्यो पीडाको व्यापार गर्ने देशमा धेरै हुनेछन्। आफ्नो होइन, अरूको गोजीको पैसा मागेर ‘समाजसेवी’ बन्न हौसिनेहरू बग्रेल्ती देखिनेछन्। पीडितका पीडासामु केही रुपैयाँको ‘राहत’ बोकेर गलाभरिको माला हल्लाउँदै ती झुल्किनेछन्।

 

हाम्रो समाज यही हो हुनेखानेहरुले लोकले सुन्ने र बुझ्ने गरि गरेका घोषणाहरु घोषणमै सिमिति भए । कसैले ५० बेडको आइसोलेशन वार्डकै घोषणा गरेका थिए कसैले ४ बेड कसैले के तर ति जति सम्पन्न थिए संकटको बेलामा उनीहरुकै क्रियाकलापले उनीहरुको सम्पन्नतालाई र उनीहरुको घोषणलाई अहिले पनि कुरी कुरी भनिरहेको छ । मानव सभ्याता माथिनै संकटको रुपमा माडारिएको कोरोना कहरबाट सखापै भयो भने छुट्टै हो अन्यथा यो कंलकीत इतिहासको रुपमा सदसर्वदा दर्ज भएर बस्ने छ ।

 

यसको अगाडि आफनो भकारीको धान चामल सहयाग गर्नेहरु आफनो होटेल बिरामीको उपचारमा संलग्न चिकित्सका स्वाथ्यकर्मीहरुकोलागि उपलब्ध गराउने हरि पन्तहरु  त समाजकालागि आइकोन नै हुन उनीहरुको प्रशंसा गरिनु पर्छ  र उनीहरु उत्प्रेरणाका स्रोत हुन  । समाज जीवन्त छ यहा दया माया करुण सहअस्तित्व सदभाव र सम्मान जीवीत छ भन्ने कुरा उनीहरुको सतकर्मले स्थापित गरेको छ ।

 


जतिवेला कोरोना भाइरसको संक्रमण तीन जनामा पुष्टि भयो अनी बल्ल बीरगंजमा एउटा चिन्ता ब्याप्त भयो । त्यो भन्दा अगाडि कोरोना किन आएन भन्ने खालको भाव देखिनथ्यो । सरकारी घोषणलाई गिज्याउदै मान्छेहरु शहरका चोकहरुमा देखा पर्थे । पास बोकेर हिडनेहरु म संग “पास” छ भनेर धक्कु लगाउथे । तर जव संक्रमण पुष्टि भयो अनि गाउँ गाउँमा टोल टोलमा प्रवेश निषेधका बोर्ड लाग्न थाले ।, बीरगंजमा प्रदेश र संघ सरकारले कोभिड अस्पताल बनाएन भनेर सामाजिक संजालमा आक्रोश पोख्न थालियो ।

 

सीमामा कडाई गर्न चर्को स्वरमा कराउन थालियो । जव संकटले आफनो ढोकामा ढक ढक गर्यो त्यतीबेला बाच्ने शर्तमा सबै कुरा गरिदिए, भैदियो हुन्थ्यो भन्ने प्रवृति सर्लक्क देखा पर्यो । सामुदायिक स्तरमा ध्रुवीकरणको प्रयास पनि यतिवेला देखियो यो मानव सभ्यताकालागि दुःखद बिषय हो ।

 

कोरोना संक्रमणको अन्त्य निश्चित छ । त्यसपछि पनि यो समाजमा तपाई हामी नै रहन्छौ । तपाई हाम्रो ब्यवहार पनि रहन्छ । संकटको यो बेलामा कसैलाई दोषी देखाएर आक्रोश र घृणा पैदा गरेर उर्जा उपयोगको मार्गमा भ्रम सृजना गर्नु भन्दा पनि सुझबुझपूर्ण रुपमा काम गर्न समाजलाई  डोर्याउने र निर्देशित गर्ने काम गर्नु पर्छ । यही पृष्ठभूमिामा रहवर अन्सारीको अस्पताल दिने घोषणा सार्वजनीक भयो । यही समाजमा हिजो घोषणा गर्नेहरुले सस्तो लोप्रियताकालागि घोषणा गरेको तथ्यका अगाडि अन्सारीको घोषणालाई शंकाको नजरले हेर्नेहरुको मतलाई अस्वभाविक मान्नु पर्छ जस्तो लाग्दैन ।

 

हिजो घोषणा गर्नेहरुले देखाएको यही हो । संघ सरकारले कोभिड अस्पताल संचालन गर्ने निर्णय गरेपछि अन्सारीको घोषणा आएकोले त्यो पनि स्टन्ट मात्रै हो भन्ने प्रतिक्रिया पनि सामाजिक संजालमा देखिन्छ । राजनीतिक रुपमा जिम्मेवार मान्छेहरुले पैसा कमाउने मेसो समेत भनेर घोषणाको खिल्ली उडाउने काम गरेका छन । यो निहायत राजनीतिक खेल हो अन्सारीले यस्तो गर्न हुदैन्थ्यो भन्ने आग्रहयुक्त टिप्पणी पनि देखिन्छ ।

 

अन्सारीलाई धन्यवाद दिनेहरु ,उनको प्रशंसा गर्नेहरु पनि सामाजिक संजालमा बाक्लै देखिन्छन । यि दुबै कोणका प्रतिक्रियानै हाम्रो समाजको सहि विम्ब हो ।

हाम्रो समाजमा सार्वजनीक रुपमा प्रतिवद्धता गर्ने र त्यसलाई पुरा गर्नु नपर्ने गैरजिम्मेवार प्रवृति रहेको छ र त्यसैले समाजमा सामाजिक स्वीकृति प्राप्त गरेको छ । समाज एक पटक झूक्किएपछि सचेत हुनु पर्नेमा पटक पटक झूक्किदा पनि चेतदैन । अर्को सार्वजनीक प्रतिवद्धता गर्नेहरु धनले सम्पन्न छन राजनीतिक रुपमा शक्तिको बरिपरि घुम्छन त्यसले गर्दा उनीहरुनै हाम्रो समाजका असली अगुवा हुन । तेश्रो चाहि पक्षधरता हो ।

सामाजिक संजालमा प्रतिक्रिया जनाउनेहरुमा धेरै जसो पक्षधरताका कारण आफनो बिचार प्रस्तुत गर्नेहरु देखिन्छन । त्यसको स्वतन्त्र बिश्लेषण र  घोषणाकर्तालाई जवाफदेही हुन उत्प्रेरीत गर्ने भन्दा पनि आक्रोशीत बनाउने खालका टिप्पणीहरु देखिन्छन त्यसले कसैलाई पनि हित  गर्दैन । 


रहवर अन्सारीले गण्डक अस्पताल दिने घोषणा गर्नु भएको कुरालाई अरुसंग दाज्नु भन्दा हरिपन्त संग दाँजेर हेरौ । हरिपन्त यही समाजका  ब्यक्ति हुन उनले होटल दिन सक्दा अन्सारीले दिन नसक्ने भन्ने कुरा हुदैन । अन्सारी आफैमा जिम्मेवार ब्यक्ति भएकोले घोषणाले सृजना गरेको दायित्व पालना गर्छन भन्ने बिश्वास गरौ । कोरोना अस्पताल नारायाणीमा संचालन हुदा त्यहा रहेका बिरामीहरुलाई अन्यत्र सार्नु पर्छ त्यसको लागि गण्डक अस्पताल प्रयोगमा आउन सक्छ ।

 

त्यो घोषणा, घोषणाकालागि मात्र होइन उपयोगमा पनि आउने आधार भएकोले रहवर अन्सारीको अस्पताल स्थानीय सरकारलाई बुझाउने घोषणालाई राजनीतिक चलाखी,नाटक पैसा कमाउने खेलो ,सस्तो लोकप्रियता कमाउने  प्रपञ्च आदि इत्यादीको लेवल भिराई हाल्ने बेला भएको छैन ।

 

यसलाई सकारात्मक रुपमा लिनु पर्छ एकले गरेन अर्कोले पनि गर्दैन भन्ने मत बनाएर तदनरुपको ब्यवहार गरिनु न्यायसंगत हुदैन त्यो शुरुमै नाकारात्मक हुन्छ । आजको अवाश्कयता ता सकारात्मक रुपमा लिने,हेर्ने र गर्ने हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.