logo

कम्प्रिहेन्सिभ कार्य योजनाका साथ कार्य अगाडी बढाउन अत्यावश्यक रहेको छ

      8/8/2020 गते 00 00 मा प्रकाशित     1464   पटक पढिएको

Comprehenssive COVID-19 Control, Treatment and Management Scheme

कोरोनाबाट बच्न, नियन्त्रण तथा रोकथाम एवम् जनजिवन सहज बनाउनका लागि तत्काल कम्प्रिहेन्सिभ कार्य योजनाका साथ कार्य अगाडि  बढाउन अत्यावश्यक रहेको छ । तसर्थ मेरो विचारमा यि कार्यहरु एकिकृत गरी कार्य सम्पन्न गर्न आवश्यक रहेको मलाई लाग्दछ ।


मुल व्यवस्थापन तथा परिचालन समिति : कोरोना संक्रमणसँग सफलताका लागि एकीकृत, व्यवस्थित, योजनाबध्द, स्पष्ट कार्यदिशा, सामुहिक निर्णय, एकल जिम्मेवारी, पारदर्शी ढंगले काम गर्नु पर्दछ । हामी एकदमै तत्कालको काम मात्र गरिरहेका छौ, भोली, वा आउन सक्ने समस्यामा केन्द्रित छैनौ । तसर्थ मेरो विचारमा अब स्थानीय, प्रदेश र सघले निम्न कार्य गर्नु पर्ने आवश्यकता देखिन्छ ।


अधिकार सम्पन्न व्यक्तिको नेतृत्वमा सबै उपसमितिको नेतृत्वकर्ताको प्रतिनिधित्व हुनेगरी मूल व्यवस्थापन तथा परिचालन समिति गठन गर्ने र निरन्तर फलो अफ बैठक गर्ने आदि । अहिले महामारी बहुआयामिक भएकोले यसालई कम्प्रिहेन्सिभ टिम वर्कको आधारमा मात्र सकारात्मक नतिजा ल्याउन सकिने आधार देखिन्छ । किनकि यो बृहत कार्य योजनासहित पद्धती–प्रणालीसहितको संरचनाबाट सम्बोधन गर्न सकिने देखिन्छ ।

 

1 खाद्य तथा आपुर्ती व्यवस्था : खाद्यान्न, दैनिक उपयोगको लागि आवश्यक पर्ने सबै सामग्रीहरु घरदैलो पुर्याउन व्यवस्था मिलाउने, फोनमार्फत समानहरु टिपोट, त्यसको लागत लिई वितरणको व्यवस्था कडाईकासाथ लागु गर्ने ।

 

2 कृषि सामग्री तथा बजार : कृषकका लागि आवश्यक पर्ने मल, खाध, रासायनिक तथा कृषि सामग्रीहरुको मागको आधारमा आपुर्ती व्यवस्था मिलाउने ।

 

3 घुम्ती टोली गठन तथा परिचालन : हरेक वडका लागि त्यहि वडाको भोलेन्टियर्सलाई परिचालन गरि घरदैलो अभियान संचालन गर्ने । जसमा घरमा भएको सबै सदस्यहरुको विवरण संकलन, स्वास्थ्य अवस्था तथा समस्या, बाहिरबाट आकोनआको यकिन गर्ने तथा आपुर्ती आदिसमेतको विवरण ।

 

4 स्वास्थ्य परिक्षण, उपचार तथा व्यवस्थापन : बिरामीहरुको उपचारका लागि कोभिड र ननकोभिडको उपचारको व्यवस्था फरक फरक स्थानमा गर्न मिलाउने । विरगंजमा १००० जना क्षमताको कोभिड अस्पताल विभिन्न तह तथा स्तर अनुसारको तयारी गर्ने । १००० जनाको आधारभुत सुविधा सम्पन्न सेमीआईसोलेशन । यसको लागि खाना, नास्ता, चिया सबैको व्यवस्थापन गर्ने ।

 

5 जनशक्ति (स्वास्थ्य तथा सुरक्षा) व्यवस्थाप तथा परिचालन : कम प्रभावित तथा प्रभावित नभएको जिल्ला, प्रदेश वा नयाँ करारमा भर्ना गरी ५०० स्वास्थ्यकर्मी तथा ५०० जना सुरक्षाकर्मी प्रदेश २ का लागि त्यसमा बिशेष गरी विरगंजमा केन्द्रीत गर्ने, बोर्डर कडाईकासाथ नयाँ सुरक्षाकर्मी ल्याई पूर्णरुपमा सिल गर्नुपर्यो ।

 

6 औषधी, उपकरण तथा मेडिकल सामग्री आपुर्ती तथा व्यवस्थापन : कोभिड तथा अन्य विरामीका लागि आवश्यक पर्ने औषधी, रासायनिक तथा सामर्गीहरुलाई नियमित आपुर्तीको व्यवस्था गर्नुपर्यो ।

 

7 कोभिड अस्पताल निर्माण तथा व्यवस्थापन : आउने ६ महिना वा १ बर्षका लागि १००० शैय्याको कोभिड आईसोलेशन अस्पतालको निमाण तथा संचालन गर्नु पर्यो । यसमा १०० वेड, २०० वेड, ३०० वेड र ४०० वेड वा अन्य कुनै आधार स्तर तथा तहमा मेडिकल सामग्री तथा अन्य सामग्रीको व्यवस्थापन गर्नुपर्यो । १००० सम्मको आईसोलेशन वार्ड बनाउनेस जसमा स्वास्थ्यकर्मी, चिकित्सक, खाना, लगायतका आधारभुत आवश्यकता सहितको होस् ।


सुविधा सम्पन्न क्वारेन्टाइन (कम्तिमा सफा चर्पी, छुट्टाछुट्टै खाट, झुल, तन्ना, तातोपानी खाने व्यवस्या, खाना (नास्ता आदि) विरगज महानगरमा १०००, स्थानीय तहमा १००–१५० सम्मको । खाना बनाउने मान्छे राख्ने र एकीकृत रूपमा स्थानीय सरकारले सञ्चालन गर्ने, सहयोग जिल्ला, प्रदेश, संघले वा अन्यले सहयोग गर्ने ।


क्वारेन्टाइनमा सम्भव भएसम्म आएको स्थान, जाने स्थान अनुसार बस्ने व्यवस्था मिलाउने । जस्तैः एउटै स्थानमा कार्यरत, एउटै साधनमा आएकाहरु आदि । साथै बस्नु अगाडि एऋच् परिक्षण गर्ने । तथा निर्धारित समयमा परिक्षण गरि पठाउने ।

 

8 जनचेतना, स्वास्थ्य शिक्षा सामग्री तथा प्रचार प्रसार : जनप्रतिनिधी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई सामान्य प्रशिक्षण गरेर आउने १ बर्ष कोभिडसँग जोडरे शैक्षिक सत्र, पढाई तथा सिकाई एवम् मुल्यांकन गर्न गराउन सकिन्छ । यसलाई कोभिड नियन्त्रण महाअभियान वा यस्तै अर्को नाम दिएर काम गर्न सकिन्छ । स्वास्थ्य शिक्षा, जनचेतना तथा रोकथामको गतिवधी ग्रामिण तहसम्म पुर्याउने ।


9 शिक्षा, विद्यालय तथा अध्ययन–अध्यापन : घरदैलोबाट के कति विद्यार्थीहरु अध्ययन गरिरहेका छन् त्यसको जानकारी तथा शैक्षि सामग्रीहरु वितरण गरी टोलटोलमा अवस्था हेरि भोलेन्टियर्स वा परिक्षण शिक्षक राखी अध्ययनअध्यापन कार्य गर्न सकिन्छ । यसमा विभिन्न विश्वविद्यालयका प्रयोगात्मक परिक्षा दिन बाकी रहेका विद्यार्थीहरुलाई सहभागी गराउन सकिन्छ ।

 

10 Mass testing, tracing तथा Identification : समाज, समुदायका विभिन्न तह र तप्का व्यक्तिहरुलाई वर्गीकरण गरी आम परिक्षण, खोज तथा पहिचान कार्य निरन्तर गर्ने, साना–मझौला निर्माण, उद्योग–व्यवसाय तथा कार्यालय आदिलाई बर्गीकरण गरी परिक्षण गर्ने काममा लगाउदे जान सकिन्छ । यसले क्रमशः जनजिवन पनि सहज हुँदै जान सक्दछ ।
मास तहमा परिक्षण गर्ने, ग्रामिण भेगमा २÷३ वटा स्थानी तहको केनद्रमा PCR मेशिन खरिद गर्ने, Mobile team बनाउने र गाउँ, टोल, समुदाय, कामदार, व्यापारी, विद्यार्थी आदिको परिक्षण गर्ने ।

 

11 राहत, आर्थिक कोष तथा व्यवस्थापन : यसका लागि प्रत्येक वडा, समुदाय, टोल, जातजातीको आधारमा अभिलेख तयार गरी Data Base तयार गर्ने र आवश्यता भएकालाई निःशुल्क नभए बुन्दा नं. १ को प्रक्रियामा सामेल गर्ने ।

 

12 स्थानीय तहहरुमा CCMT को एकाई बनाई समन्वय गर्ने : सबै स्थानीय तहको नेतृत्वमा Covid-19 Management Unit team (CCMT) बनाउने, जसमा स्थानीय तथा जिल्ला तहको तथ्याङ्क विश्लेषण, अनुगमन, अभिलेख, खाद्य, औषधि आपुर्ती, जनशक्ति व्यवस्थापन, आर्थिक व्यवस्थापन आदि गर्ने ।

 

13 Recording, Reporting and Monitoring : सबै कार्यहरुको नियमित अभिलेखीकरण, रेखेदख तथा सम्बन्धित निकायमा प्रतिवेदन पठाउने कार्य गर्न सकिन्छ । यसबाट कहाँ, कस्तो सुधार वा संशोधन आवश्यक छ । तत् कार्य गर्न अवसर प्राप्त हुन्छ, जसबाट भावी दिनमा हुने समस्या वा दुर्घटनालाई समयमै रोक्न सकिन्छ ।

 

(लेखक ठाकुरराम बहुमुखी क्यापसमा समाजशास्त्रको अध्यापन गराउनुहुन्छ )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.