logo

एक नर्स भएको नाताले कुनै पनि बिरामीको मृत्युको हामी कल्पान समेत गर्न सक्दैनौः नर्सिङ संघ

      5/28/2021 गते 00 00 मा प्रकाशित     2554   पटक पढिएको

२१  माघ २०७३ मा नारायणी अस्पतालबाट नवजात शिशु चोरी भयो । लालसा देवी नामकी महिलाले बिवाह भएको पाँच वर्ष बित्दा पनि  सन्तान नभएपछि चोरी गरेकी थिइन ।

 

चोरी भएको ४८ घण्टामा शिशु फेला पर्यो । तर शिशु पक्षले नारायणी अस्पतालका नर्सहरुको मिलोमतोमा शिशु चोरी भएको भनेर तथानाम भने । त्यतीबेलाको त्यो ०४८ घण्टा  ति नर्सिङ स्टाफलाई मर्नु न बाँच्नु भयो ।

 

अनेकौ आरोप र भौतीक आक्रमणका धम्कीहरु सहनु पर्यो । त्रास र अपमानको मनोबिज्ञानमा ति ०४८ घण्टा उकुसमुकुसपूर्ण अवस्थामा बित्यो । त्यसको स्मरण अहिले पनि नर्सिङ स्टाफले गरिरहेको शुक्रवार जारी गरेको बिज्ञप्तिले पनि देखाएको छ । 


पछिल्लो पटक हास्यकलाकार आदर्श मिश्रले आफनो बुबा बिनोद मिश्रको ज्यान जानुमा नर्सिङ स्टाफको पनि दोष रहेको भन्दै टिप्पणी गरेपछि नारायणी अस्पतालको डायलासिस बिभागका नर्सहरुले आफूहरु माथि लगाईएको आरोप मिथ्या भएको जनाएका छन ।

 

नेपाल नर्सिङ संघ बीरगंज  शाखाको तर्फबाट अहेमा थापाले एक बिज्ञप्ति जारी गरेर आफूहरु माथिको आरोपमा सत्यता नभएको स्पष्ट पार्नुृ भएको छ । एक नर्स भएको नाताले कुनै पनि बिरामीको मृत्युको हामी कल्पान समेत गर्न सक्दैनौ बिज्ञप्तिमा लेखिएको छ बिरामीको सेवा गरेर बिरामीलाई निको बनाई सकुशल घर फर्काउने एक मात्र उद्धेश्य लिएर आफनो सेवा प्रदान गर्दछौ ।


यस अघि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंज र नारायणी अस्पतालले बिज्ञप्ति निकालेर बिनोद मिश्रको उपचारको क्रममा भएका तथ्यहरु सार्वजनीक गरिसकेका छन । 

हास्य कलाकार आदर्श मिश्रलेले सामाजिक सञ्जाल मार्फत भिडियो बनाएर आफ्नो बुवा विनोद मिश्रको मृत्युको दोष नेशनल मेडिकल कलेज नारायणी अस्पताल  र डा.निरज सिंह माथि लगाउनु भएको थियो । 


डा.निरज सिंहले पनि सामाजिक संजालमा एक भिडियो सन्देश मार्फत यर्थाथ कुरा सार्वजनीक गर्नु भएको छ । सबैले मिश्रको निधन प्रति दुःख ब्यक्त गरेका छन । तर मृत्युकोलागि आफू कारक नभएको प्रष्ट पारेका छन ।

 कोभिड १९ का संक्रमीत मिश्रको जेठ १० गते नारायणी अस्पतालमा डायलासिस भएको र त्यसपछि उहाँलाई थप उपचारकालागि चितवन लगिएको थियो ।

 

उहाँको चितवनमै उपचारको क्रममा मृत्यु भएको थियो । बीरगंजमा राम्रो उपचार नभएकै कारण आफनो बुबाको ज्यान गएको आर्दश मिश्रले सामाजिक संजाल मार्फत सार्वजनीक गर्नु भएको थियो । उहाँले नर्सिङ स्टाफलाई समेत डायलासिस मेशीनको टाइमर घटाएको आरोप लगाउनु भएको थियो । 


घटनाको सम्बन्धमा छानविन गर्न नर्सिङ संघले माँग गरेको छ । मृत्युको तथ्य यकिन गर्न माँग गर्दै संघले नर्सिङ स्टाफलाई आक्षेप लगाउने , बिरामीको उपचार सेवामा असर पुर्याउने र जनमानसमा भ्रम सृजना गराउन खोज्नेलाई कारवाही गर्न माँग गरेको छ । संघले फ्रन्टलाईनर योद्धाहरुलाई काम गर्ने सहज वतावरण बनाईदिन सरोकारवाला निकायसंघ माँग गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.