logo

निर्मला पन्त घटनाको बिरुद्ध न्याय माग्दै हिडने लेखक दिने ठाउमा पुगेपछि  निर्मलाकी आमामा झन निरशा बढ्यो

 इसीमाना सम्बाददाता     २०८२ सावन ११ गते ०२: ४३ मा प्रकाशित     1037   पटक पढिएको

वीरगंज । तस्विरमा रहेको ब्यानरले धेरै कुरा बोलेको छ  र आज पनि त्यही बोली बोलीरहेको छ । तस्विरको वीचमा रहेका ब्यक्ति अनुसन्धान गर्ने निकायको उच्च पदमा पुगेका छन ।

 

हिजो सडकमा हुदा माँगदावी राखेर चोक चौराहमा ब्यानर मुनी बसेर आन्दोलन गर्दा जुन महत्वका साथ मुद्धाहरु उठान गर्थे तिनै ब्यक्ति दिने ठाउँमा पुगे पछि तै चुप मै चुपको अवस्था सृजना भएको छ । 


१० साउन २०७५ अर्थात् सात वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गा पन्तकी १३ वर्षीया छोरी निर्मला पन्त साथीको घरबाट बेपत्ता भएकी थिइन् । भोलिपल्ट घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो ।


 घटनाको सात वर्षसम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।

 

दुर्गामा मरिसकेको न्याय पाउने आशा १५ महिनाअघि पनि जागेको थियो । जब नेपाल सरकारको गृहमन्त्रीमा आफ्नै निर्वाचन क्षेत्रका रमेश लेखक नियुक्त भए । लेखक निर्मलाको न्यायिक आन्दोलनमा सहभागी भइसकेका नेता थिए ।

 

पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दबाब दिनेमध्ये अग्र मोर्चामा थिए कांग्रेसका नेता लेखक ।

 

‘निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु सरकारको असफलता हो,’ लेखक त्यो बेला भन्थे, ‘यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।

 

’ निर्मलाको बलात्कारपछिको हत्या प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने भन्दै भाषण गर्ने नेता लेखक आफैँ गृहमन्त्री भएको वर्ष नाघ्यो  ।

 

 

तर, अहिले उनी निर्मला पन्त घटनाबारे खुलेर बोल्न पनि चाहँदैनन् । ‘घटनाको सुक्ष्म रूपमा अनुसन्धान भइरहेको छ’ भन्दै उनी पन्छिने गरेका छन् ।


लेखक गृहमन्त्री पछि पनि घटनाको अनुसन्धानमा केही प्रगति नभएपछि निर्मलाकी आमा दुर्गामा झन् निराशा बढेको छ ।

 

‘आफ्नै निर्वाचन क्षेत्रबाट विजयी भएका रमेश लेखक गृहमन्त्री हुँदा न्याय पाइन्छ कि भन्ने झिनो आशा पलाएको थियो,’ दुर्गाले भनिन्, ‘उहाँ त निर्मलाको न्यायका लागि आन्दोलन पनि गरिसक्नुभएको थियो । न्याय माग्ने व्यक्ति न्याय दिने ठाउँमा पुगे पनि न्याय भने पाइएको छैन ।

 

’ दुर्गाले दोषी पत्ता लगाउने राज्यको इच्छा नै नभएका कारण घटनाको अनुसन्धानमा प्रगति नदेखिएको आरोप लगाइन् । प्रहरी भने घटनाको गम्भिर ढंगले अनुसन्धान भइरहेको बताइरहेको छ ।

 

सीआइवीका प्रमुख अतिरिक्त महानिरीक्षक   चन्द्रकुवेर खापुङ निर्मला पन्त घटनामा प्रगती शुन्य जस्तै तै पनि अनुसन्धानमा प्रहरी लागेकै बताउछन ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक  सागर बोहराले अनुसन्धानका क्रममा ६५५ जनासंग विस्तृत रुपमा सोधपुछ भएको जानकारी दिए । घटनामा शंकास्पद मानिएका एक सय २४ जनाको डीएनए परीक्षण पनि भइसकेको डीएसपी बोहराले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.