logo

सशस्त्र प्रहरी बलद्वारा विपन्न एकल दलित महिलालाई घर हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०८३ जेठ १० गते ०८: ५५ मा प्रकाशित     192   पटक पढिएको

वीरगंज ।  सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत वीरगञ्ज महानगरपालिका–२२ मनिहारिमा बसोबास गर्दै आएकी विपन्न एकल दलित महिलालाई उनकै जग्गामा नवनिर्मित घर हस्तान्तरण गरिएको छ  । 

 


आर्थिक अवस्था कमजोर भई कष्टकर जीवनयापन गर्न बाध्य ती महिलाको दयनीय अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर कायाृलय पर्साले, सम्बन्धित  वडाका वडाध्यक्ष तथा सहयोगी व्यक्तिहरूको प्रयासमा ,सशस्त्र प्रहरी बल, नेपालको जनशक्ति परिचालन गरी घर निर्माण कार्य सम्पन्न गरिएको हो।


वर्षौंदेखि असुरक्षित तथा अस्थायी टहरामा बस्दै आएकी ती महिलालाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको घर आज  हस्तान्तरण गरिएको छ।

 

सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न, असहाय तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि विभिन्न जनसेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको  छ।


नवनिर्मित घर प्राप्त गरेपछि सम्बन्धित महिलाले सुरक्षित आवासको सपना पूरा भएको भन्दै सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरेको १३ नम्बर हेडक्वार्टरका  सूचना अधिकारीसशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.