logo

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

 इसीमाना सम्वाददाता     २०८२ फागुन १५ गते ०४: २६ मा प्रकाशित     330   पटक पढिएको

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ ।

 

 

यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् । 


हिंदुस्तान टाइम्स का रिपोर्ट अनुसार, अदालतका विशेष न्यायाधीश जितेन्द्र सिंहको इजलाशले निर्दोष रहेको फैसला गरेको हो ।

 

 

अदालतले अभियोजन संस्थाले पेश गरेको प्रमाणलाई समर्थन गर्ने कुनै ठोस सामग्री अभियुक्तविरुद्ध फेला नपरेको अदालतको फैसलामा उललेख छ । अदालतले आबकारी नीति सम्बन्धी कथित भ्रष्टाचार मामिलामा सीवीआईद्वारा दायर आरोपपत्रमाथि पनि  अस्विकार गरेको छ । 


अदालतको निर्णयपछि दिल्लीका पूर्व सीएम र आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविंद केजरीवाल ले भने, “भाजपा द्वारा बनाइएको तथाकथित रक्सी घोटालामा अदालतले साँचो उजागर गरिदियो।

 

आम आदमी पार्टीलाई समाप्त गर्न प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहले स्वतन्त्र भारतमा  सबैभन्दा ठूलो षड्यन्त्र रचेका थिए। तर आज अदालतले स्पष्ट गरिदियो कि म, मनीष सिसोदिया भ्रष्ट छैनौं। मैले मेरो जीवनमा केवल ईमानदारी कमाएको छु।”

 

उनले थपे, “म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– सत्ताका लागि देश र संविधानसँग खेलबाजि नगर्नुहोस्। राम्रो काम गर्नुहोस् र कामको बलमा जनताको विश्वास जित्नुहोस्।”

मनीष सिसोदिया ले एक्समा लेखेका छन , “आज फेरि बाबा साहेब आंबेडकरको दूरदर्शी सोच र उहाँले बनाएको संविधानप्रति गर्व महसुस भइरहेको छ।

 

 मोदीजीको पुरै पार्टी र सबै एजेन्सीहरूले हामीलाई बेईमान साबित गर्ने तमाम प्रयासहरू गरिरहे तापनि आज प्रमाणित भयो कि म र अरविंद केजरीवाल कट्टर ईमानदार हौं।”

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.