logo

धनुषा कांग्रेस सभापति  पंजियारसहित ७ जनामाथि पक्राउ पूर्जी जारी

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २ गते ०३: ०५ मा प्रकाशित     213   पटक पढिएको

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पंजियारसहित ७ जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

 

अदालतले असोज ३१ गते इलाका प्रहरी कार्यालय, महेन्द्रनगरलाई पत्राचार गर्दै पक्राउ पूर्जी तत्काल तामेल गर्न निर्देशन दिएको हो।

 

जिल्लाको प्रमुख राजनीतिक नेतृत्वमध्येका एक सभापति पंजियारको नाममा पक्राउ पूर्जी जारी भएपछि धनुषा कांग्रेसमा राजनीतिक हलचल मच्चिएको छ।

 

अदालतको पत्र अनुसार, क्षिरेश्वरनाथ नगरपालिका–५ का राजदेव चौधरीका छोरा सुशील कुमार चौधरीले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी भई ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता गरिएको हो।

 

अदालतले क्षिरेश्वरनाथ नगरपालिका–१ र ५ बसोबास गर्ने ७ जनालाई पक्राउ गर्न आदेश दिएको छ। पक्राउ पूर्जीमा उल्लेख व्यक्तिहरूमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियार, वडा नं. १ का उमेश यादव, वडा नं.५ का अमर पंजियार, जिवछ मण्डल, नवल मण्डल, निरज मण्डल र कमल मण्डल धानुक रहेका छन्।

 

केही महिनाअघि नालाको विषयमा विवाद भएपछि कुटपिट भएको घटनामा पीडितले प्रहरीमा जाहेरी दिएपछि गत शुक्रबार अदालतबाट आरोपीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

 

यी ७ जना प्रतिवादीका लागि जारी भएको  पक्राउ पूर्जी इलाका प्रहरी कार्यालय महेन्द्रनगर पठाइएको र तामेलपश्चात् तामेली प्रतिलिपि अदालतमा पठाउन निर्देशन दिइएको अदालतको आदेशमा उल्लेख छ।

 

प्रहरीले अदालतको आदेश कार्यान्वयनका लागि प्रतिवादीहरूको खोजी र पक्राउ प्रक्रिया अगाडि बढाएको जनाएको छ। उनी २०७८ फागुन २७ गते नेपाली कांग्रेस धनुषाको सभापतिमा निर्वाचित भएका थिए । उनी बिमलेन्द्र निधीका नजिकका नेता हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.