इसीमाना सम्वाददाता
२०८२ कार्तिक ८ गते ०५: ५२ मा प्रकाशित
123 पटक पढिएको
काठमाडौं । लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब सात किलो २९५ ग्रामसहित पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा २५ वर्षीय हरगोबिन्द सिह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद रहेका केन्द्रिय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
विमानस्थलको भन्सार क्षेत्रबाट उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरिएको उनले बताए ।
एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका हरगोबिन्द र समिरलाई तीन किलो ५ सय ४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौँ आएका अहमदलाई तीन किलो ६ सय ५५ ग्राम उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिले बताए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया