logo

डोटीमा बिद्यालय निरीक्षक रावलको धम्की पछि शिक्षिकले गरिन आत्महत्या ,रावल पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १२ गते ०४: ५८ मा प्रकाशित     388   पटक पढिएको

डोटी । विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक महिला शिक्षकाले आत्महत्या गरेकी छन्। 

 

 डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत जानकी खड्काको सुसाइड नोटबाट उक्त घटनाको विवरण खुलेको हो।

 

प्रहरीका अनुसार, खडकाले रावलको विवाह प्रस्ताव अस्वीकार गरेपछि रावलले खडकाका भाइ प्रदीप खड्कालाई फोन गरी ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भनेर धम्क्याएका थिए।

 

रावलको निरन्तरको दबाब र धम्कीपछि खड्काले गत कात्तिक १० गते घरभन्दा करिब ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन्।

 

घटनापछि मृतकका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहनको आरोपमा रावलविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन्। जाहेरी दर्ता भएपछि प्रहरीले ११ कात्तिकमा नै रावललाई पक्राउ गरेको छ।

 

 डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौतकी २७ वर्षीया जानकी खड्काको आत्महत्यापछि न्यायका लागि उनका आफन्त र स्थानीयवासीले विद्यालय निरीक्षक गणेश रावलमाथि कडा कारबाहीको माग गरेका छन्।

 

‘हामीले जाहेरी परेपछि तुरुन्तै पक्राउ गरी आज अदालतमा पेस गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालले जानकारी दिए।

 

प्रहरीका अनुसार, प्रतिवादी रावल डिभोर्सी हुन्। उनका दुई सन्तान छन्, जो हाल आमासँगै बसिरहेका छन्।

 

घटनासँग सम्बन्धित सुसाइड नोट र जाहेरीका प्रतिलिपिहरू प्रहरी अनुसन्धानको भाग बनाइएका छन्।

                                                                              शिक्षीकाले लेखेको सुसाइड नोट

 

note-1-1761719523.jpg

 

note-2-1761719523.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.