फाइल तस्विर
वीरगन्ज।पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटा टोलमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको गस्ती टोलीले सोमबार साँझ गौरीशङ्कर मन्दिर छेउमा शंका लागेका एक पैदल यात्रुको शरीर जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सोही टोलका २० वर्षीय धिरज माली हुन्। उनको साथबाट २१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधका चार प्याकेट र एक मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका मालीमाथि थप अनुसन्धान जारी रहेको र बरामद वस्तु प्रयोगशालामा परीक्षणका लागि पठाइने जनाएको छ।
तपाईको प्रतिक्रिया