सिरहा । सिरहामा प्रहरीले लागुऔषधसहित रुपेस सिंह नामका एक युवालाई पक्राउ गरेको छ। जिल्लाको गोलबजार नगरपालिका–१०, महाजन टोलमा मंगलबार साँझ उनलाई लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले सिंहलाई पक्राउ गरेको हो। प्रहरी देखेपछि सिंह भाग्न खोज्दा उनलाई नियन्त्रणमा लिइएको थियो।
सिंहको शरीरको खानतलासी गर्दा दाहिने हातमा राखिएको सानो कालो प्लाष्टिकको पोका भित्र खैरो हिरोइन जस्तो लागुऔषध फेला परेको छ।
बरामद लागुऔषधको तौल गर्दा प्लाष्टिकसहित २ ग्राम ६४० मिलिग्राम र प्लाष्टिकबिना २ ग्राम १३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद लागुऔषधसहित सिंहलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको छ।
तपाईको प्रतिक्रिया