logo

पर्सामा ठूलो परिमाणको लागुऔषध गाँजा सहित तीन जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १६ गते ०६: ५६ मा प्रकाशित     287   पटक पढिएको

पर्सा । पर्सामा प्रहरीले छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो परिमाणको गाँजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।

 

 विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीहरूले दुई स्थानबाट लागुऔषध ओसार–पसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

१०४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

सोमवार दिउँसो करिब ३. बजे, पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरबाट  ठूलो मात्रामा लागुऔषध गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

गाँजा ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले  चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो 

चेकजाँचका क्रममा जीतपुरबाट रंगपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको मारुती सुजुकी कार रोकी अनुसन्धान गर्दा प्लास्टिकमा बेरि कारको भित्री भागमा १० पोकामा लुकाइ राखिएको  १०४ किलो ३२५ ग्राम गाँजा बारमद गरेको प्रहरीले जनाएको छ।

 

गाँजा सहित कुमार स्याङ्ताङ (मकवानपुरगढी–३, मकवानपुर) र भीम स्याङ्ताङ (भीमफेदी–८, मकवानपुर) पक्राउ परेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी राजु कार्कीले जनाएका छन । प्रहरीले मारुती सुजुकी कार समेत नियन्त्रणमा लिएको छ ।

 १० किलो चरेशसहित एक जना पक्राउ

त्यसैगरी बुधवार बिहान करिब १० बजे  पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १५ प्रतिमा चोकस्थित सडकखण्डमा गस्तीमा रहेको प्रहरी टोलीले एक व्यक्तिलाई संकास्पदरूपमा रोकी खानतलासी गर्दा कालो ब्यागभित्र प्लास्टिकमा बेरिएको १० किलो चरेश फेला पारेको छ।

 

गाँजा बोकी हिडेका पर्साको धोविनी गाउँपालिका वडा नं ५ का ४८ वर्षिय सम्ुल मियालाई प्रहरीले त्रफाउ गरेको छ ।

 

उनलाई बरामद चरेशसहित नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.