logo

२२ किलो चरेश सहित वीरगंजका अली र पोखरियाका पटेल पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ पौष २४ गते ०६: ५३ मा प्रकाशित     295   पटक पढिएको

वीरगंज । पर्सा प्रहरीले २२ केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

 

विशेष सूचनाको आधारमा बिहीबार बिहान करिब ६ बजे नेपालबाट भारततर्फ लैजान लागिएको अवस्थामा चरेश बरामद गरिएको हो।

 

 बिन्दवासिनी गाउँपालिका–२ को गर्दौल चोकबाट पोखरियातर्फ जाने वीरगञ्ज सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएपछि उनीहरूबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पोखरिया तथा अस्थायी प्रहरी पोष्ट बहुअर्भाठाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूले बोकेको दुई थान कालो झोलाभित्र लुकाइछिपाई राखिएको लागुऔषध फेला पारेको हो।

 

प्रहरीका अनुसार झोलाभित्र रहेका १०–१० लिटर क्षमताका पानी खाने ग्यालेन खोल्दा ग्यालेनको मुखमा थोरै मात्र घिउ राखिएको र त्यसको मुनि चरेशजस्तो देखिने कालो पदार्थ लुकाइएको अवस्थामा फेला परेको थियो।

 

पक्राउ परेका वीरगञ्ज महानगरपालिका–१५ का रैयस अलीको साथबाट १० केजी ६०० ग्राम चरेश र १ हजार ५ सय ५० नगद बरामद गरिएको छ।

 

त्यस्तै पोखरिया नगरपालिका–जगतपुरका मुनिलाल पटेलको साथबाट ११ केजी ४०० ग्राम चरेश र २ हजार ९ सय  नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

 

चरेशसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषधसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.