logo

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट युवकको हत्या, उद्देश्य अझै खुल्न सकेन

 इसीमाना सम्बाददाता     २०८२ माघ १६ गते ०६: ४२ मा प्रकाशित     290   पटक पढिएको

सिराह।  सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। सिरहा नगरपालिका–१ निवासी ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको प्रहरीले पुष्टि गरेको छ।

 

प्रहरीका अनुसार शुक्रवार दिउँसो यादव सदरमुकामदेखि करिब डेढ किलोमिटर टाढा रहेको आफ्नै खेतमा काम गरिरहेका बेला अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए।

 

 गोली यादवको छातीमा लागेको र अत्यधिक रक्तस्रावका कारण घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 

घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतक यादव सामान्य किसान रहेको खुलेको छ।

 


“उहाँ खेती–किसानीमै संलग्न हुनुहुन्थ्यो। हत्या कसले र किन गर्‍यो भन्ने विषय हालसम्म खुल्न सकेको छैन,” उनले बताए।

 

प्रहरीले घटनास्थल वरपरका स्थानीयसँग सोधपुछ गर्नुका साथै सम्भावित प्रत्यक्षदर्शी खोजी, मोबाइल लोकेसन विश्लेषण र आसपासका क्षेत्रमा रहेका सिसिटिभी क्यामेराको फुटेज संकलनको काम अघि बढाएको जनाएको छ।

 

 गोली प्रहार गरेर फरार भएका व्यक्तिहरूको खोजीका लागि सिरहाका सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको छ।

 

हत्या व्यक्तिगत रिसइबी, आपराधिक गतिविधि वा अन्य कुनै कारणसँग जोडिएको हो वा होइन भन्ने विषयमा प्रहरीले सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। 

 

मृतक प्रेमनाथ यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। घटनाले स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ भने दोषीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग उठ्न थालेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.