logo

राज्यको सुरक्षा र न्यायको केन्द्र प्रहरी कार्यालयकै कार्यकक्ष अपराध स्थलमा परिणत

 इसीमाना सम्वाददाता     २०८२ माघ २८ गते ००: ०९ मा प्रकाशित     137   पटक पढिएको

                                                                                       सांकेतीक तस्विर

वीरगंज। राज्यको सुरक्षा र न्यायको केन्द्र मानिने प्रहरी कार्यालयकै कार्यकक्षलाई अपराध स्थल बनाइएको एउटा निकै घृणित घटना सार्वजनीक भएको छ । 

 


यो घटना चितवन जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय खैरहनीमा भएको हो । एक जना पीडित महिला न्यायको आश लिएर खैरहनी इलाका प्रहरी कार्यालय पुगेकी थिइन ।

 

३७ वर्षिय ति महिलालाई समस्या समाधान गरिदिने र न्याय दिलाउने प्रलोभन देखाएर प्रहरी निरिक्षक  प्रदीप महतले जर्वजस्ती करणी गरेका थिए । 


यो सिलसिला गएको असोज १ गतेबाट शुरु भएको थियो । प्रहरी निरिक्षकको अपराधको शिकार भएकी महिलाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएपछि महत हिरासतमा पुगेका छन । चितवन प्रहरीको हिरासतमा रहेका महतका कारण सिंगो प्रहरी संगठनभित्रको नैतीक आचरणमाथि गम्भिर संकट उत्पन्न भएको छ । 


महतले कति सम्म दरिन्दगी देखाएका थिए भने  पीडितले आफू अस्वस्थ रहेको भन्दै इन्कार गर्दागर्दै पनि उनले क्रूरतापूर्वक यौन हिंसा गरेको र त्यसपछि यो क्रम निरन्तर चलेको थियो । यो कुरा पीडितले जाहेरीमा उल्लेख छ ।

 

अझ डरलाग्दो पक्ष त के छ भने, पीडितले पहिलो घटनापछि कानुनी उपचार खोज्ने चेतावनी दिँदा महतले उनलाई कुरा गर्ने बहानामा पुनः कार्यालयमै बोलाएर आफ्नै कार्यकक्षभित्र जबरजस्ती करणी र कुटपिट गरेको पीडितले जनाएकी छिन ।

 

 हाल हिरासतमा रहेका महतका आफन्तहरूबाट आफूलाई धम्की आइरहेको गुनासो पीडितले गरेकी छन् भने यति संवेदनशील विषयमा जिल्ला प्रहरी कार्यालय चितवनका उच्च अधिकारीहरूले हालसम्म औपचारिक रूपमा मुख खोलेका छैनन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.