logo

सर्लाहीमा सब–इन्जिनियर यादवको हत्या प्रकरण,बैकल्पीक उम्मेदवार महतो मुख्य आरोपित

 इसीमाना सम्वाददाता     २०८२ फागुन १५ गते ०३: ३९ मा प्रकाशित     154   पटक पढिएको

वीरगंज ।  सर्लाहीमा गत फागुन ३ गते साँझ भएको सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या घटनामा उनका प्रतिद्वण्दीको संलग्नता खुलेको छ । 

 


प्रहरीको अनुसन्धानमा लोकसेवा आयोगमा जागिरकालागि भएको परिक्षामा प्रमुख बैकल्पीक उम्मेदवारको रुपमा नाम निकालेका गणेश महतो मुख्य योजनाकार रहेको खुलेको हो ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राइका अनुसार मृतक यादव मलंगवा नगरपालिका–१० मा बस्दै आएका थिए । यादव र महतो एउटै परिक्षामा सामेल भएका थिए ।

 

यादवले लोकसेवा नाम निकालेका थिए । महतो भने बैकल्पीक भए । यादवको हत्या पछि आफूले जागिर पाउने  भएको निष्कर्षका साथ यादवको हत्या योजना बनाएका थिए । 

 

आरोपी महतोले आफ्नै लाभका लागि प्रतिद्वन्द्वी यादवको हत्या गर्ने योजना बनाए, र घटनामा सहभागी अन्य व्यक्तिहरूसँग मिलेर योजना कार्यानवयन गरेको डिएसपी राइले बताए । 

 

प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गणेश महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेका छन्। गणेश महतोलाई नेपाल–भारत सीमाबाट पक्राउ गरिएको थियो।

 

अदालतले पक्राउ परेकाहरूमाथि १५ दिनको अनुसन्धान म्याद दिएको  छ । अनुसन्धान टोलीले घटनाको मोटिभ, योजना बनाउने प्रक्रिया, र प्रयोग भएको हतियारबारे थप विवरण जुटाइरहेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.