logo

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

 इसीमाना सम्वाददाता     २०८२ फागुन २६ गते ०६: १४ मा प्रकाशित     364   पटक पढिएको

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ ।

 

 गीत सार्वजनिक भएको दुई सातामै यसमा झण्डै तीन लाख टिकटक भिडियो बनेका छन् ।

 

युट्युबमा पनि गीतले २१ लाखभन्दा बढी भ्यूज पाइसकेको छ भने दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेको छ ।

 

कतिपय दर्शकले व्यस्त राजनीतिक माहोलबीच गीतले मनलाई शीतल बनाएको प्रतिक्रिया दिएका छन् भने कतिले संगीत र दृश्य प्रस्तुतिको प्रशंसा गरेका छन् ।

 


गीतको लोकप्रियताले कीर्तिमानी गीतकार डा. उपाध्याय र चलचित्रका निर्देशक माइकल चन्द उत्साहित देखिएका छन ।

 

चुनावी माहोलमा गीत सार्वजनिक गर्दा केहीले समय उपयुक्त नभएको भने पनि गीत सफल हुनेमा आफूहरू विश्वस्त रहेको चन्दले बताए  ।


रोमान्टिक शैलीको उक्त गीतमा धनबहादुर गिरी (बाबुल) र रचना रिमालको स्वर तथा गायक गिरीकै संगीत छ ।

 

 सियोन श्रेष्ठको कोरियोग्राफीमा बनेको भिडियोमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टको अभिनय छ ।

 


चलचित्रमा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्व.सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला र दिनेश डिसीलगायत कलाकारको अभिनय छ ।

 

चलचित्रका निर्माता उपेन्द्र शाही र स्वेता विमली हुन भने  कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन  ।


नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डीआर उपाध्यायका विभिन्न विधामा १५३ विश्व रेकर्ड कायम छन् ।

 

डा.उपाध्यायका ३७ बढी एल्वमका १५० भन्दा बढी गीत र भिडियो सार्वजनिक छन् भने १७ उपन्यास पाठकमाझ आएका छन् । यस्तै उनका  कविता र गीत संग्रह पनि प्रकाशित छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.