logo

महानगरको बिकास र समृद्धिका योजना हामीसंग छ, यो नै हाम्रो जीतको आधार हो : अन्सारी

      8/28/2017 गते 00 00 मा प्रकाशित     2949   पटक पढिएको


सरल मिजास,सदैव हसिलो मुहार,अहं छैन आडम्बर पनि छैन । ठुलो बन्नु पनि परेको छैन । आम जनतासंग सजिलै र सरल हिसावले घुलमिल हुनसक्ने । आँटेको काम फत्ते गर्ने । रिस छैन राग छैन । सकारात्मक सोच राख्ने । अनुशासन र काम प्रतिको प्रतिवद्धतामा सम्झौता नगर्ने । कुशल ब्यवस्थापकीय क्षमताको प्रर्दशन गरि भ्याएका । समृद्ध र समुन्नत बीरगंजको सपना साकार पार्ने  सोच बोकेका एक जना ब्यक्ति अहिले अहोरात्र जनताको वीचमा पुगिरहेको छ । राजनीतिक सत्ता आफनो लागि होइन आफनो समाज र समाजका ब्यक्तिहरुको खुशहालीकोलागि चाहिएको छ ।  बैभवशाली बीरगंज निर्माणको सपनालाई साकार पार्न लागि पर्ने त्यो ब्यक्ति हो बसरुदिन अन्सारी ।

नेकपा एमालेको तर्फबाट मुलुकको आर्थिक राजधानीको उपमा पाएको बीरगंज महानगरको मेयरका उम्मेदवार । उनै अन्सारीसंग चुनावी सेरोफेरोमा गरिएको कुराकानीको सम्पादित अंश - सम्पादक

 

  • फरक पार्टीमा हुनुहुन्थ्यो । एमालेमा प्रवेश गरेपछि तपाईको सक्रियता पनि निकै बढेको छ । अरु पार्टीमा पनि रहनु भएको थियो एमाले चाही कस्तो रहेछ ?

    बिचारधारा प्रमुख बिषय हो । हिजो म अरु पार्टीमा थिए ती पार्टीहरुले बोकेको बिचार र ब्यवहारमा मेल खाने अवस्था मैले देखिन । हिजोका दिनमा पार्टीभित्रै बिभिन्न खालका प्रवृति बोकेका मान्छेहरुले पार्टी भन्दा पनि नीजि स्वार्थलाई बढी ध्यान दिने गरेको परिपाटी देखेको ,सहेको र भोगेको म एमालेमा आइसकेपछि पो मलाई पनि बल्ल मैले खोजेको पार्टी फेला प¥यो भन्ने ठानेको छु । मेरा आफन्तजन साथी भाईले समेत एमाले प्रवेश गर्ने मेरो निर्णयलाई ठिक भनेका छन । नेकपा एमाले प्रष्ट दृष्टिकोण भएको पार्टी हो । बिचारका हिसावले सबै भन्दा प्रष्ट पार्टी एमाले ,कार्यशैलीका हिसावले पार्टी प्रमुख ब्यक्ति गौण भन्ने बिधि स्थापित गरेको पार्टी पनि एमाले।

    म एमालेमा आएपछि पो थाहा पाए एमालेमा संगठीत भएको हरेक ब्यक्ति आफनो क्षेत्रमा आ आफनै स्तरबाट क्रियाशिल छ । ब्यक्ति को हो भन्ने कुरा प्रमुख होइन रहेछ । पार्टीको निर्णय सर्वोपरी । मलाई त यति खुशी लाग्यो की पार्टीका सबै तह आफनै धुन र लयमा निर्वाचनमा पार्टीलाई जिताउनु पर्छ भनेर लागेका छन । म मान्छे नै हो मेरो पनि कमीकमजोरी होलान तर पार्टीपंक्तिलाई त्यो बिषय महत्वपूर्ण लागेन , महत्वपूर्ण त पार्टीलाई कसरी जिताउने भन्ने पो रहेछ । यति अनुशासीत पार्टीपंक्ति बिचारको प्रस्तुतीमा त्यही आदर  शालिनता तर कठोर प्रस्तुती निर्णय भएपछि गजवको हार्दिकता र एकताको भावना पार्टी भनेको त एमाले नै हो । 
     
  • तपाई ब्यवसायी मान्छे मनग्गे पैसा पनि भएको मान्छे तर राजनीतिमै चाही लाग्न किन खोज्नु भएको हो ?

    तपाईले भनेको ठिक हो म ब्यवसायी पनि हु । त्यो संगै म बीरगंजको सचेत नागरिक पनि हु । आम मान्छेलाई पनि यो लाग्दो हो । आर्थिक उपार्जनको हिसावले ठिक ठाक भएको मान्छेलाई अव मेयर नै किन हुनु प¥यो ? राजनीतिमै नै किन लाग्नु प¥यो ? मैले बीरगंजको हु भनेर गौरव गर्ने ठाउ छ भने मैले त्यो बीरगंजकोलागि केही गर्नपनि त सक्नु प¥यो नी । आजको पुस्ता जति एडभान्स छ भोलीको पुस्ता त्यो भन्दा एडभान्स हुन्छ ।

    आउने पुस्तालाई हामीले कस्तो बीरगंज हस्तान्तरण गर्ने भन्ने सवालले मलाई राजनीतिमा तान्यो । राजनीतिका माध्यमले आधुनिक बीरगंज भोलीको पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ भनेर नै म राजनीतिमा आए , त्यसैकोलागि म राजनीतिमा छु । राजनीतिमा आजदेखी होइन अलि पहिला देखीनै थिए । तर बीरगंजको ऐतिहासिकताको निरन्तरता दिन सक्ने गरि आधुनीक रुपमा बीरगंजलाई निर्माण गर्ने सपना एमालेमा छ । म एमालेको प्रतिनिधिको रुपमा त्यो सपनालाई कार्यरुप दिन पार्टीले अगाडि सारेको एउटा पात्र हु । समग्रमा, बीरगंज भन्ने बित्तिकै धेरै कुरा मानसपटलमा सरर्सर्ती घुम्ने अवस्था बनाउने काम हाम्रो हुनेछ । 
     
  • त्यसा हो भने बीरगंजमा तपाईले चुनाव जित्ने आधार के छन त ?

    नेकपा एमालेको दृष्टिकोण, देश र जनताप्रतिको उसको जिम्मेवारी र जवाफदेहीता कार्यकर्तामा आधारीत हाम्रो पार्टी पंक्ति, आजसम्म एमालले गरेको लोककल्याणकारी कामहरु जस्तै बृद्ध भत्ता १ सयबाट शुरु गरेर २ हजार पु¥याइएको छ । एकल महिलाहरुलाई भत्ता गाउँको बिकासकालागि बजेटको बिनियोजन । मधेशका सीमावर्ती गाविसमा बिकासलागि सीमा बिकास कार्यक्रम मधेशका जिल्ला सदरमुकामहरुको ब्यवस्थित बिकासकालागि एमाले सरकारले ५० करोड रुपैया दिएको छ ।

    हुलाकी राजमार्ग निर्माणकालागि पहिलो पटक के.पी .ओली नेतृत्वको सरकारले ४ अर्व रुपैया बिनियोजन ग¥यो नीजगढमा अन्तराष्ट्रीय बिमान स्थल , निजगढदेखी काठमाण्डौ सम्मको दुर्तमाग अहिले बीरगंज पथलैयामा बन्दै गरेको ६ लेनको सडक यो सबै एमाले सरकारको पालामा भएको कामहरु हो । यसले पनि के देखाउछ भने बिकास र समृद्धि प्राप्तीको सपना पनि एमालले हेरको छ र प्राप्ती पनि एमालेकै नेतृत्वमा सम्भव छ । महानगरवासीले यो बुझेका छन । यो संगै महानगरको बिकास र समृद्धिका योजना हाम्रो पार्टीसंग छ यो नै हाम्रो जीतको आधार हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.