logo

राजस्व असुलीमा बीरगंज भन्सार लयमा फिर्यो

      1/29/2017 गते 00 00 मा प्रकाशित     2416   पटक पढिएको

बीरगंज १७ माघ । सवारी साधनको आयात बढ्दा भंसार बिभागले लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । सवारी साधनमा ४६ अर्ब ६० करोडको आयात हुँदा ४५ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।भंसार भिागले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ६८ करोड भन्सार असुलीको लक्ष्य राखेकोमा यो अवधिमा २० अर्ब २१ करोड राजस्व उठेको छ ।

 

राजस्व असुलीमा सवारी साधनको हिस्सा ३७ प्रतिशत छ ।विभागका अनुसार पेट्रोलियम पदार्थको १० प्रतिशत, आइरन र स्टिलको ६ प्रतिशत, इलेक्ट्रोनिक्स सामाग्रीको पाँच प्रतिशत, सिमेन्टमा प्रयोग हुने क्लिङ्करको ४ प्रतिशत, प्लास्टिकका सामाग्रीको ४ प्रतिशत, मेसिनरी सामाग्रीको तीन प्रतिशत र वेभरेजको दुई प्रतिशत राजस्वको हिस्सा छ । नेपालमा मूख्य आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ हो। यो अवधिमा ५७ अर्ब १३ करोड रुपैयाँ बरावरको आयात भएको छ ।यो बस्तुबाट मात्रै १४ अर्ब दुई करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

 

विभागका अनुसार आइरन एण्ड स्टिल ४५ अर्ब ६७ करोड रुपैयाँ बरावरको आयात भएको छ भने त्यसवाट ८ अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । भन्सार असुलीमा वीरगञ्जनै अग्रपंक्तिमा आएको छ । गत वर्ष नाकाबन्दीका कारण राजस्व अुसुलीमा भैरहवा भन्सार पहिलो भएपनि यो वर्ष भने बीरगंजले आफ्नो लय समातेको छ । बीरगंज भन्सार यो आर्थिक वर्षको पहिलो ६ महिनामा ८ अर्व ७० करोड राजस्व असुल गरेको छ । यही अवधीमा भैरहवा भन्सारले ४ अर्व ५२ करोड ,बिराटनगरले २ अर्व ६ करोड ,बीरगंज सुख्खा बन्दरगाहले १ अर्व ६२ करोड र काठमाण्डामा रहेको बिमानस्थल भन्सार कार्यालयले १ अर्व ८ करोड भंसार राजस्व असुली गरेको भंसार बिभागले जनाएको छ ।


यो ६ महिनाभित्र कुल ४ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ बरावरको आयात भएको छ । अघिल्लो बर्षको यहि अवधिमा २ खर्ब ७७ अर्ब ५७ करोड रुपैयाँ बरावरको आयात भएको थियो । गत वर्षको यो अवधिमा भारतले नाकाबन्दीका कारण सामान आयात कम भएको थियो । यो  अवधिमा ३६ अर्ब २० करोड रुपैयाँ बरावरको सामाग्री निर्यात भएको छ। अघिल्लो बर्ष ३१ अर्ब ५० करोड रुपैयाँ बरावरको सामाग्री निर्यात भएको थियो। यो अघिल्लो बर्षको तुलनामा १४ दशमलब ८९ प्रतिशतले धेरै हो ।  देशको कुल व्यापारमा आयात ९२ दशमलब ८ प्रतिशत र निर्यात ७ दशमलब २ प्रतिशत रहेको छ । त्यसैले व्यापार घाटा भने बढेर ३ खर्ब ५२ अर्ब पुगेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.