logo

नेपाल ग्यासद्वारा ६ सय ७९ सिलिण्डर नष्ट

      2/7/2017 गते 00 00 मा प्रकाशित     1651   पटक पढिएको

माघ २५ - नेपाल ग्यास उद्योग प्रालिले जोखिमपूर्ण अवस्थामा रहेका ६ सय ६९ खाना पकाउने ग्यास सिलिण्डर नष्ट गरेको छ । कम्पनीले दुई दशक बढी पुराना सिलिन्डहरु सन्चारमाध्यम र उपभोक्ताकर्मीको रोहवरमा मगलबार नष्ट गरेको हो ।

 

‘सुरक्षाको दृष्टिगत गरी समय/समयमा पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डर छनोट गर्छौ । कुच्चिएको, रिङ फुटेको, ग्यास लिक हुने सिलिन्डर नष्ट गर्छौ,’ कम्पनीका प्रबन्धक राजेन्द्र दंगालले भने । कम्पनीका अनुसार हाइड्रोलिक परीक्षण गर्दा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेकाले ती सिलिन्डरहरु नष्ट गरिएको हो । 


हाल मुलुकभरी ५३ एलपी ग्यास उद्योग छन । तर, ग्यास उद्योगीहरुले समयमै हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्ट लगायत परीक्षण नगर्दा जोखिम बढ्दै गएको जानकारहरु बताउँछन । हाइड्रोलिङ/हाइड्रो स्टाटिक परीक्षण हावा र पानीको प्रेसरबाट गरिन्छ । रिफिल भएको सिलिन्डर पानीमा डुवाइन्छ । त्यसलाई डिप टेस्ट पनि भनिन्छ । डिप टेस्ट गर्दा लिकेज भएको अवस्थामा फोकाहरु निस्कन्छ । नियम अनुसार ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ ।

 

त्यसपछि प्रत्येक पाँच/पाँच वर्षमा टेस्ट गर्नुपर्छ । गुणस्तर तथा नापतौल विभाग रोहवरमा टेस्ट गर्नुपर्ने प्रावधान छ । आयल निगमले ग्यासको प्रमाणित गर्छ ।  तर अधिकांश उद्योगले त्यसो नगरेको निगमका अधिकारीहरु बताउँछनहाईड्रोलिक परीक्षण गर्ने मेसिन सबै उद्योगमा भएपनि समय/समयमा परीक्षण हुने गरेको छैन । नेपालमा रहेका ग्यास उद्योगहरुमा करिब ७८ लाख सिलिन्डर छन । तर, हालसम्म जम्मा २३ हजार ३ सय १९ सिलिन्डर नष्ट भएको निगमले जनाएको छ ।

 

साभार: इकान्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.