logo

वीरगन्ज भन्सार एजेन्ट संघको ४ औँ साधारण सभा सम्पन्न

संस्थागत विकासलाई एकता जरुरी ः वरिष्ठ उपाध्यक्ष डा.शर्मा

      2/11/2017 गते 00 00 मा प्रकाशित     1778   पटक पढिएको

सिमाना सम्वाददाता
सौराहा २९ माघ - भन्सार एजेन्ट महासंघका वरिष्ठ उपाध्यक्ष डा.शान्त कुमार शर्माले एजेन्ट प्रति समाजमा फैलिएको नकारात्मक भावनालाई परिमार्जन गर्दै एजेन्टलाई प्रविधि मैत्री बन्न सुझाएका छन् । चितवनको सौराहामा शनिबार आयोजना भएको वीरगन्ज भन्सार एजेन्ट संघको चौथो वार्षिक साधारण सभाको उद्घाटन सत्रको प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै शर्माले भन्सार राजस्व संकलनमा एजेन्टले महत्वपूर्ण योगदान दिएपनि राज्यले प्रोत्साहन नगरेको गुनासो गरेका थिए ।

 

उनले एजेन्ट र प्रतिनिधीलाई पेशाको मर्यादा नबिर्सिन आग्रह समेत गरेका थिए । भन्सार एजेन्टको लाइसेन्स खोल्न माग गर्दै उनले हाल मुलुकका विभिन्न नाकामा काम गरिरहेका प्रतिनिधीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।


भन्सार लाइसेन्स हस्तान्तरणको व्यवस्था राख्नुपर्नेमा महासंघ लागिपरेको उनले बताए । वीरगन्ज भन्सारका एजेन्टहरु क्रियाशिल भएपनि सेवाभाव भन्दा पनि व्यक्तिगत स्वार्थ हावी भएकाले संस्थागत विकास हुन नसकेको आरोप लगाएका थिए । भन्सार राजस्व संकलनमा मुलुकको एक नम्बर भन्सार नाकामा कार्यरत एजेन्ट र प्रतिनिधीमा एकता आवश्यक भएको डा.शर्माले औल्याए । ट्रान्सपोर्ट एशोसिएशन पर्साका अध्यक्ष बालकृष्ण पोखरेलले पेशागत एकताका लागि सबैलाई एक भएर अगाडि बढ्न सुझाएका थिए ।

 

यससँगै उनले एशोसिएशन र भन्सार एजेन्ट संघवीच ढुवानीमा उत्पन्न समस्या आपसी सहकार्यमा समाधान गरिने पनि बताए । वीरगन्ज भन्सार एजेन्ट संघका सचिव बालकृष्ण बस्नेतले स्वागत मन्तव्य राखेको उद्घाटन सत्रमा पर्सा यातायात व्यवसायी संघका अध्यक्ष भैयाराम पटेल, वीरगन्ज एजेन्ट संघका संस्थापक अध्यक्ष उमेश शर्मा, महासंघको सहसचिव प्राचीन थैवे, केन्द्रीय सदस्य काशीराज उपाध्याय, महासंघका प्रथम उपाध्यक्ष भरत घिमिरे लगायतको उपस्थिती रहेको थियो । वीरगन्ज  भन्सार एजेन्ट संघका अध्यक्ष विजय साह तेलीको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.