logo

सात महनिामा ११ अर्बको क्लिङकर भित्रियो 

      3/23/2017 गते 00 00 मा प्रकाशित     1956   पटक पढिएको

काठमाडौं १० चैत। सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिङ्करको आयात अत्याधिकरुपमा बढेको छ । सिमेन्ट उद्योगको संख्या बढेपनि पनि क्लिङ्कर उद्योग नथपिदा आयातमा निर्भर हुनु परेको हो ।चालु आर्थिक वर्षको सात महिनामा ११ अर्व १९ लाख रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको छ । जुन गत आवको सो अवधिको तुलनामा ३ सय ४१ दशमलव ८ प्रतिशतले बढी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । अघिल्लो आवको सात महिनामा नेपालमा २ खर्व ५३ करोड रुपैयाँबराबरको क्लिङ्कर आयात भएको देखिन्छ ।

भुकम्प पछिको पुननिर्माण तथा नवनिर्माणले गति लिन थालेपछि सिमेन्टको माग अत्याधिक बढ्दै गएको छ । सिमेन्टको माग बढेसँगै भएका उद्योगले क्षमता बढाउन थालेका छन् भने नयाँ उद्योग थपिने क्रम पनि बढेको छ । तर, क्लिङकरको उत्पादन भने उल्लेखीयरुपमा बढ्न सकेको छैन । यसले गर्दा क्लिङकर आयात उच्चदरमा बढेको उद्योगीहरु बताउँछन् ।
नेपाल क्लिंकर उत्पादक संघका अध्यक्ष पुरुषोत्तम सांघाई औद्योगिक वातावरण नवनिसकेकोले माग अनुसारको क्लिंकर उत्पादन गर्न नसकिएको बताए । त्यस्तै, बैंकहरुले उद्योग क्षेत्रमा सहज र पर्याप्त कर्जा प्रबाह नगर्दा समेत उत्पादन वृद्धिमा कठिनाई भएको उनको भनाई छ ।

सरकारले दुई वर्षभित्रै आयात विस्थापन गर्दे क्लिङकरमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर, लक्ष्यविपरित आयात भने उच्चदरमा बढ्दै गएको छ । आर्थिक बर्ष ७२र७३ मा नेपालमा ९ अर्व ८४ करोड रुपैयाँ बराबरको क्लिंकर भित्रिएको थियो । त्यस्तै, ०७१र७२ मा ८ अर्व ४० करोड, ०७०र ७१ मा ६ अर्व ५५ करोड र आर्थिक बर्ष ०६९र७० मा ५ अर्व ९९ करोड बराबरको क्लिंकर आयात भएको केन्द्रको तथ्यांक छ । पाँच आर्थिक बर्षको तथ्यांकले नेपालमा क्लिंकर आयात बार्षिक रुपमा बढेको देखाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.