logo

मल आयातमा भारतीय रेलवेद्वारा अवरोध

      11/22/2017 गते 00 00 मा प्रकाशित     1520   पटक पढिएको

   भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोर्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या वेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा बन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ ।

मल अभावका कारण हिउँदे बाली लगाउने किसानहरूलाई भने समस्या भएको छ । भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोर्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या वेहोर्नु परेको छ ।

भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा बन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ । मल अभावका कारण हिउँदे बाली लगाउने किसानहरूलाई भने समस्या भएको छ । यद्यपि, कोलकाता बन्दरगाहमा हुने यो समस्या नौलो भने होइन ।

तेस्रो मुलुकबाट आउने सबै मालवस्तुहरू वीरगन्जस्थित सुख्खा बन्दरगाहसम्म ल्याउन नेपाली आयाताकर्ताहरूले पटक पटक समस्या बेहोर्नु परिरहेको छ । कोलकातामा रेलवे ¥याक उपलब्ध नराउँदा ढुवानीमा समस्या भएको ढुवानीको ठेक्का लिएका ठेकेदार सुशील जोशीले बताए । उनका अनुसार अहिले कोलकातामा मागअनुसारको रेल ¥याक उपलब्ध नभएको साथै बीचबाटो र अन्तिम गन्तब्य वीरगन्ज सुख्खा बन्दरगाहमा पनि जाम भएको भन्दै भारतीय रेलवेले कन्टेनर बोक्ने रेल कोलकाता जान रोक लगाएको छ । “

सुख्खा बन्दरगाहमा समेत जाम भएको सूचना कोलकातासम्म पुगेपछि यहाँ कुनै किसिमको जाम नभएको फोटोसमेत खिचेर पठाएका छौं, भारतीय रेलवेले नै जाम छ भनेर कन्टेनर बोक्ने ¥याक नदिएको हो,” उनले भने । केही दिनअघि मात्रै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको २५ हजार मेट्रिक टन मल सुख्खा बन्दरगाहमा आइपुगेको छ । बाँकी १५ हजार मेट्रिक टन मल कोलकातामै रहेको र थप १० मेट्रिक टनको जहाज कोलकाता बन्दरगाहमा अन्लोडका लागि लाइनमा बसेको ठेकेदार जोशीले जानकारी दिए । 

कोलकाता बन्दरगाहबाट मल ल्याउदा वीरगन्जको सुख्खा बन्दरगाह एउटा मात्रै बाटो प्रयोग गर्नुुपर्ने बाध्यताका कारणले पनि ढुवानीमा समस्या हुने गरेको जोशीको भनाइ छ । सुख्खा बन्दरगाह मात्रै नभएर भैरहवा र जोगवनीलाई पनि खुला गरिदिए समस्या केही कम हुने उनी बताउँछन् ।

तेस्रो मुलुकबाट आएको मल कोलकाता बन्दरगाहबाट ढुवानीमा अवरोध भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले यसअघि भारतबाटै २ हजार ५ सय ५९ मेट्रिक टन मल खरिद गरेर किसानलाई वितरण गरेको कम्पनीका वीरगन्ज स्थित क्षेत्रीय प्रमुख अजयकुमार श्रीवास्तवले बताए । 

उनले कोलकाताबाट अहिले मल आयातमा अवरोध भएको बताए । अहिले कृषि सामग्री कम्पनीको सबै गोदाम खाली रहेको र जम्मा १२ हजार पाँचसय टन मात्रै मल सुख्खा बन्दरगाहमा आईपुगेको उनले बताए । मल आयात गर्ने साल्ट ट्रेडिङ कम्पनीका वीरगन्जस्थित क्षेत्रीय प्रमुख आमोद लामिछानेले पनि मल आयातामा समस्या देखिएको बताए ।

ट्राफिक जामले गर्दा ढुवानीमा समस्या भएको बताउँदै लामिछानेले कोलकातामा फोन गर्दा बीचबाटोमा मालबाहक रेललाई रोक लगाएको जानकारी पाएको बताए । 

वर्षायाममा आएको बढीका कारण सीतामढी रेलवे लाईनको पुलमा क्षति पुगेको र त्यसको मर्मतका लागि भारतको केन्द्रीय रेलवेको हाजिपुरस्थित क्षेत्रीय कार्यालयका अधिकारीहरूले सीतामढी हँुदै नेपाल आउने खाद तथा फलाम बोकेको मालवाहक रेललाई रोक लगाएकोले अहिले मल आयातमा समस्या भएको वीरगन्जको सुख्खा बन्दरगाहको व्यावस्थापन हेर्ने हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले बताए ।

उनले भने, “हिजो (सोमबार)सम्म अवरोध थियो । अहिले सीतामढीमा पुलको मर्मत भइसकेको जानकारी आएको छ । अब सञ्चालनका लागि अनुमति दिएपछि मालवाहक रेल आउँछ । अहिले अन्य स्थानमा कुनै अवरोध छैन ।” सामान्य अवस्थामा पनि रेलवेमा हुने ट्राफिक जामका कारण नेपालमा ल्याउने फलाम र मल बोकेको रेललाई रोकी रोकी छोड्ने गरेको चौधरीको भनाइ छ ।

तेस्रो मुलुकबाट सामान आयात गर्ने कोलकाता बन्दरगाहबाहेकको अन्य भरपर्दो विकल्प नभएकोले पनि आयातकर्ताहरू बारम्बार यस्तो समस्याबाट पीडित हुने गरेका छन् । विकल्पको रूपमा हल्दिया र विशाखापटनम बन्दरगाहको नाम बेलाबेलामा चर्चा हुने गरे पनि नेपाली आयातकर्ताहरूको लागि विश्वसनीय र भरपर्दो विकल्प नहुँदा कोलकाता बन्दरगाह नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.